घरेलु मैदानमा श्रीलंका धरासायी
काठमाडौं। इङ्ल्यान्डका डोम बेसले पाँच तथा स्टुवाट ब्रोडले तीन विकेट लिएपछि घरेलु मैदानमा श्रीलंकाको ब्याटिङ धरासायी बनेको छ।

कोलोम्बोस्थित गेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको श्रीलंकाले १३५ रन बनाउँदा सबै विकेट गुमायो। घरेलु टोली श्रीलंकाका लागि सबभन्दा धेरै दिनेश चण्डीमलले २८ रन बनाए।

त्यसबाहेक एन्जेलो म्याथ्युजले २७, दासुन शानाकाले २३, कुशल परेराले २०, पीडब्लूएच डी सिल्भाले १९ र निरोशन डिकवालाले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाका चार खेलाडी शुन्यमा पवेलियन फर्किए।

पाहुना टोली इङ्ल्यान्डका बेसले ३० रन दिएर पाँच विकेट लिए भने ब्रोडले तीन विकेट लिए। ज्याक लेचले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्