नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता

काठमाडौं। नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाई स्पिड किक तेक्वान्दो च्याम्पियनसिप माघ दोस्रो साता हुने भएको छ।

कोटेश्वर तेक्वान्दो डोजाङ, स्युचार तेक्वान्दो डोजाङ, मुलपानी तेक्वान्दो डोजाङ, बाल गीताञ्जली स्कुल, मर्निङ ग्लोरी स्कुल र काभ्रेस्थली तेक्वान्दो डोजाङले संयुक्त रुपमा आयोजना गरेको भर्चुअल प्रतियोगितामा पुम्सेतर्फ ६० र हाई स्पिड किकमा ३० गरी जम्मा ९० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

माघको १३ र १४ गते हुने प्रतियोगितामा २९ देशका एक हजार तीन सय खेलाडीको सहभागिता रहने आयोजकहरुले जनाएका छन्।

पुम्सेतर्फ महिला र पुरुष गरी किङ्समा समान पाँच, पीबीमा समान पाँच, सब जुनियरमा समान पाँच, क्याडेटमा समान पाँच, जुनियरमा समान पाँच सियनरमा एक÷एक र यु-४० मा यु-५० मा एक÷एक, यु-६० मा एक÷एक र ६० वर्ष उमेरसमूहमाथि एक÷एक गरी जम्मा ६० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

त्यस्तै हाई स्पिड किकमा पुरुष र महिला क्याडेटमा समान पाँच, जुयिनरमा समान पाँच, सिनियरतर्फ समान पाँच गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा इरान, सिरिया र रुवान्डामा रहेका अनाथ बालबालिका तथा हिंसाबाट पिडित शरणार्थीलाई निशुल्क सहभागिता गराइने आयोजकले जनाए।

प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान एक सय अमेरिकी डलर पुरस्कार जित्नेछन्। मोस्ट पपुलर खेलाडीले १५० अमेरिकी डलर पुरस्कार जित्नेछन्। मोस्ट पपुलर भने युट्युबमा सर्वाधिक हेरिएको आधारमा छनोट गरिनेछ।

प्रतिक्रिया दिनुहोस्