काठमाडौँ। सूर्योदय फाउन्डेसनले माघ १ देखि उपत्यकाव्यापी थ्री नट थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
सूर्योदय आवासीय माविको कोर्टमा हुने प्रतियोगितामा ४८ भन्दा धेरै विद्यालयको सहभागिता हुने आयोजकले जनाएको छ। माघ ३ गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ३२ तथा महिलातर्फ १६ टीमको सहभागिता हुने जनाइएको छ।
कोभिड–१९ महामारीले विद्यार्थीलाई मानसिक तनाव कम गराउने लक्ष्यका साथ यस प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले २० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुनेले १० तथा तेस्रो हुनेले पाँच हजार पुरस्कार जित्नेछ। उच्च स्कोर र उत्कृष्ट खेलाडीले समान दूई हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।
महिलातर्फको विजेताले १५ हजार नगद पुरस्कार जित्नेछ। महिलातर्फ दोस्रो हुनेले आठ हजार र तेस्रो हुनेले चार हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्। त्यस्तै उच्च स्कोर गर्ने र उत्कृष्ट खेलाडीले समान दुई हजार रूपैयाँ नगद पुरस्कार जित्नेछन्।
" /> काठमाडौँ। सूर्योदय फाउन्डेसनले माघ १ देखि उपत्यकाव्यापी थ्री नट थ्री अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ।सूर्योदय आवासीय माविको कोर्टमा हुने प्रतियोगितामा ४८ भन्दा धेरै विद्यालयको सहभागिता हुने आयोजकले जनाएको छ। माघ ३ गतेसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ३२ तथा महिलातर्फ १६ टीमको सहभागिता हुने जनाइएको छ।

">