एभर्टन शीर्ष चारमा
काठमाडौं। उल्भरह्याम्पटनमाथि २-१ को विजय हासिल गरेको एभर्टन इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ।
पाहुना टोली एभर्टनले एलेक्स इओबीको गोलबाट छैटौं मिनेटमा अग्रता लिएको थियो। १४औं मिनेटमा रुबेन नेभेसले बराबरी गोल फर्काए। खेल सकिन १३ मिनेट बाँकी हुँदा माइकल केनले गरेको गोल एभर्टनको जितमा निर्णायक बन्यो।
छैटौं अवे खेलमा विजय हासिल गरेसँगै एभर्टन लिगको शीर्ष चारमा पर्न सफल भएको छ। १७ खेलबाट ३२ अंक जोडेको एभर्टन चौथो स्थानमा उक्लिएको हो। जुन पाँचौं स्थानको टोटेनह्यामभन्दा तीन अंकले माथि हो भने तेस्रो स्थानको लेस्टर सिटीसँग बराबरी हो।
उल्भरह्याम्पटन भने पछिल्लो १० मध्ये दुई खेलमात्र जित्न सफल भएको छ। १८ खेलबाट २२ अंक जोडेको उल्भरह्याम्पटन १४औं स्थानमा छ।
जारी सिजन सेफिल्ड युनाइटेडको १८ खेलमा यो पहिलो जित हो। सेफिल्ड युनाइटेड लिगको पुछारमा छ। न्युक्यासल भने १५औं स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्