काठमाडौँ। राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ जितेकी छिन्।
जनताको मततथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतमा अरुणाले जितेकी हुन्। अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकीहुन्।
पिपल्स च्वाइस अवार्डमा भलिबलको दबदबा रहदै आएको छ। भलिबल टीमबाट यसअघि सिपोरा गुरुङ, मञ्जु गुरुङ, सरस्वती चौधरी र रेश्मा भण्डारीले पनि यस विधामा अवार्ड जितिसकेका छन्।
२७ वर्षीया अरुणाले ३७.५२५ प्रतिशत मत पाएकी थिइन्। यस विधामा करातेका मण्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन् भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरेकी थिइन्। त्यस्तै, फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्।
अरुणाले इ-सेवा भोटबाट एक लाख ९४ हजार ७४७ मत पाएकी थिइन्। दोस्रो स्थानमा रहेका मण्डेकाजीले एक लाख ६ हजार ६७२ मत पाए। बास्केटबलकी सदिनाले ४२ हजार ७७४ मत ल्याइन्। गौरिकाले तीन हजार २८२ र सावित्राले दुई हजार २६५ मत ल्याए।
म्याग्दीको बेनीमा जन्मिएकी अरुणाको कप्तानीमा नेपालले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो। नेपाली महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेको यो पहिलो उपाधि हो।
त्यस्तै नेपालमै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पनि महिला भलिबल टीमले फाइनल खेलेको थियो। साग इतिहासमा नेपाली महिला भलिबल टीमले फाइनल खेलेको यो पहिलो पटक हो। फाइनलमा भारतसँग दुई सेटको अग्रता लिएर पनि ऐतिहासिक स्वर्ण पदक जित्नबाट नेपाली महिला भलिबल टीम चुकेको थियो।
यिनै उपलब्धिले महिला भलिबल टीमकी कप्तान अरुणा वर्षभर चर्चाको शिखरमा रहेकी थिइन्।
" /> काठमाडौँ। राष्ट्रिय भलिबल टीमकी कप्तान अरुणा शाहीले एनएसजेएफपल्सर स्पोर्ट्स अवार्ड २०७६ जितेकी छिन्।जनताको मततथा राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र नेपाल खेलकुद पत्रकार मञ्चका सदस्यको मतमा अरुणाले जितेकी हुन्। अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकीहुन्।

">