काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ बाट सम्मानित भएका छन्।
१३ औँ दक्षिण एसियाली खेलकुदमा १२ स्वर्ण, ६ रजत र ११ काश्य पदक जितेको तेक्वान्दोमा प्रशिक्षणको नेतृत्व नविनले गरेका थिए। उनले उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड जित्न सफल भएका हुन्।
गत सागमा नेपालमा ५१ स्वर्ण पदक जितेको थियो। त्यस्तै नेपालले ६० रजत र ९६ काश्य पदक जितेको थियो। नेपालले जितेको यो नै सबभन्दा ठूलो उपलब्धि हो।
" /> काठमाडौँ। दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई १२ स्वर्ण पदक जिताउन सफल तेक्वान्दोका मुख्य प्रशिक्षक नविन श्रेष्ठ ‘एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७६’ बाट सम्मानित भएका छन्।१३ औँ दक्षिण एसियाली खेलकुदमा १२ स्वर्ण, ६ रजत र ११ काश्य पदक जितेको तेक्वान्दोमा प्रशिक्षणको नेतृत्व नविनले गरेका थिए। उनले उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड जित्न सफल भएका हुन्।
गत सागमा नेपालमा ५१ स्वर्ण पदक जितेको थियो। त्यस्तै नेपालले ६० रजत र ९६ काश्य पदक जितेको थियो। नेपालले जितेको यो नै सबभन्दा ठूलो उपलब्धि हो।
">