काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पार्ट्स अवार्ड २०७६ मा राष्ट्रिय महिला भलिबल टोली वर्षको उत्कृष्ट टीम घोषित भएको छ।
आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको अवार्ड कार्यक्रममा महिला भलिबल टीमले उक्त अवार्ड जित्न सफल भएको हो। महिला भलिबल टोलीले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल भएको थियो।
ढाकाको मिरपुरस्थित शहीद शुरवार्दी इन्डोर हलमा सम्पन्न फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो। नेपाली भलिबल इतिहासमा महिला टीमले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको त्यो नै पहिलो हो। त्यसअघि २०१४ मा दक्षिण एसियाली खेलुकद प्रतियोगितामा जितेको काश्य पदक नै महिला भलिबल टीमले जितेको सबभन्दा ठूलो उपलब्धि थियो।
त्यसलगत्तै नेपालमा सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबल टीमले ऐतिहासिक रजत पदक जित्न सफल भएको थियो। साग इतिहासमा पहिलोपटक फाइलनमा स्थान बनाएको नेपाली महिला भलिबल टीमले उपाधि भिडन्तमा भारतविरुद्ध दुई सेटको अग्रता लिएको थियो। दुर्भाग्य, दुई शून्यको अग्रता जोगाउन नसक्दा सागमा पहिलो उपाधि जित्ने अवसर गुमाएको थियो।
" /> काठमाडौँ। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको एनएसजेएफ बजाज पल्सर स्पार्ट्स अवार्ड २०७६ मा राष्ट्रिय महिला भलिबल टोली वर्षको उत्कृष्ट टीम घोषित भएको छ।आज सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा भएको अवार्ड कार्यक्रममा महिला भलिबल टीमले उक्त अवार्ड जित्न सफल भएको हो। महिला भलिबल टोलीले गत वर्ष बंगलादेशमा सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्न सफल भएको थियो।

">