चेल्सीको प्रतिबन्ध फुक्यो
काठमाडाैं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले आगामी जनवरीबाट खेलाडी अनुबन्ध गर्न पाउने भएको छ।

फुटबलको सर्वोच्च निकाय फिफाले खेलाडी स्थानान्तरणमा लगाएको प्रतिबन्ध कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास)ले हटाइदिएपछि चेल्सीले खेलाडी अनुबन्ध गर्न पाउने भएको हो।

उमेर नपुगेको खेलाडी अनुबन्ध गरेपछि फिफाले नियम उल्लङ्घन गरेको भन्दै गत फेब्रुअरीमा चेल्सीलाई दुई सिजनका लागि प्रतिबन्ध लगाइदिएको थियो।

प्रतिबन्धका कारण चेल्सीले गत ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्ध गर्न पाएको थिएन।

कासले लन्डन क्लब चेल्सीको जरिवाना पनि घटाइदिएको छ। ६ लाख स्विस फ्रांकबाट ३ लाख स्विस फ्रांकमा झरिदिएको छ।

पूर्वखेलाडी फ्रांक लामपार्डको प्रशिक्षणमा रहेको चेल्सी अहिले २९ अंकका साथ लिगको चौथो स्थानमा छ।

जुन शीर्ष क्लब लिभरपुलभन्दा १४ अंकले कम हो भने पाँचौं स्थानको उल्भरह्याम्पटनभन्दा ६ अंकले माथि हो।

प्रतिक्रिया दिनुहोस्