काठमाडौं। खेलाडी तथा खेलकर्मीका योगदानको मूल्यांकन गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो कार्यक्रम 'पल्सर स्पोर्टस् अवार्ड'को १७औं संस्करण भोलि मंगलबार सातदोबाटोस्थित कराते हलमा हुने भएको छ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।
गत वर्ष गरेको प्रदर्शनका आधारमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक तथा अन्य खेलकर्मीलाई पुरस्कृत गरिने अवार्ड यसपालि कोरोना भाइरसको संक्रमण जोखिमका कारण सेमिभर्चुअल माध्यमद्वारा गरिने आयोजक एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी (दुर्गानाथ)ले जानकारी गराएका छन्। अघिल्ला वर्षहरुमा अवार्ड कमलादीस्थित प्रज्ञा भवनमा हुने गरेको थियो।
बजाज पल्सर मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीको मुख्य प्रायोजनमा हुने अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुर्याएको विशेष योगदानको कदरस्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाइस अवार्ड र नेपाली खेलकुदप्रति सहयोगी एकजना विदेशी पत्रकारलाई दिइने इन्टरनेसनल अवार्ड गरी १० विधामा खेलाडी तथा खेलकर्मी पुरस्कृत हुनेछन्।
महिला खेलाडीतर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका छन्।
उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्डका विजेताले जनही एक थान पल्सर मोटरसाइकल र उपहारहरू पाउनेछन्। यसैगरी उत्कृष्ट युवा खेलाडी, पारा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डका विजेताले जनही ५० हजार रूपैयाँ नगद पाउने एनएसजेएफका महासचिव प्रज्वल ओलीले घोषणा कार्यक्रममा जानकारी गराए।
पुरुष, महिला, प्रशिक्षक र युवा खेलाडी विधामा एनएसजेएफको छनोट समितिले पाँच/पाँच खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ। जसअनुसार पुरुष विधाको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ परेका छन्।

पिपल्स च्वाइस अवार्डका लागि पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा परेका छन्।
वर्षका युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन हुँदा वर्ष प्रशिक्षकमा उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्की मनोनयनमा परेका छन्।
मनोनीत खेलाडीमध्येबाट सबै विधामा एक/एक जना विजेता खेलाडीको घोषणा भोलि कार्यक्रममै हुनेछ।
यसैगरी पिपल्स च्वाइस अवार्डका लागि पनि पाँच चर्चित खेलाडीको मनोनयन सार्वजनिक भइसकेको छ। मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी परेका छन्। समर्थकले एसएमएस तथा फेसबुक लाइकका माध्यमबाट दिएको मत तथा खेल पत्रकार र राष्ट्रिय प्रशिक्षकहरुको मतका आधारमा पिपल्स च्वाइस विधाको विजेताको चयन गरिनेछ।
अन्य विधा पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट, टिम अफ दी इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानका विजेताको घोषणा पनि भोलि कार्यक्रममै हुने अवार्डका सयोजक एवं मञ्चका उपाध्यक्ष निरञ्जन अधिकारीले जानकारी गराए।
" /> काठमाडौं। खेलाडी तथा खेलकर्मीका योगदानको मूल्यांकन गर्ने नेपाली खेलकुदको सबभन्दा ठूलो कार्यक्रम 'पल्सर स्पोर्टस् अवार्ड'को १७औं संस्करण भोलि मंगलबार सातदोबाटोस्थित कराते हलमा हुने भएको छ।नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले प्रत्येक वर्ष आयोजना गर्दै आएको अवार्ड वर्षको सुरुआतमै गरिने भए पनि कोरोना भाइरसको महामारीका कारण यसपालि ढिलो हुन लागेको हो।

">