काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ।
शाहीको दैलेखको चौरटामा गएराति साढे नौ बजे निधन भएको दैलेखमा भएको उनकी छोरी करुणा शाही गुरुङले जनाएकी छिन्।
शाहीले १९७९ देखि १९८८ सम्म नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलेका थिए। १९८४ मा नेपालले साफमा स्वर्ण पदक जित्दा शाही टिमका महत्त्वपूर्ण सदस्य थिए। शाहीले १९९५ देखि २००२ सम्म एन्फा महासचिवको जिम्मेवारी सम्हालेका थिए।
अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले शाहीको निधनले स्तब्ध भएको बताएका छन्।
‘‘शाहीको देहावसान भएको खबरले हामी नेपाली फुटबलका सम्पूर्ण परिवार स्तब्ध भएका छौँ,’’ अध्यक्ष शेर्पाले भनेका छन्, ‘‘यस दुःखद घडीमा उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन्।’’
" /> काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति निधन भएको छ।शाहीको दैलेखको चौरटामा गएराति साढे नौ बजे निधन भएको दैलेखमा भएको उनकी छोरी करुणा शाही गुरुङले जनाएकी छिन्।

">