काठमाडौं। क्रिष्टियानो रोनाल्डो र एरोन राम्सेले गोल गरेको दिन युभेन्टसले गएराति इटालियन ‘सिरी ए’मा सासउलोलाई ३-१ ले पराजित गरेको छ।
पाहुना टोली सासउलोका पेड्रो ओबियाङले ४४औं मिनेटमा गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन। लगत्तै ओबियाङले रातो कार्डको सामना गरेपछि सासउलो १० खेलाडीमा सीमित भएको थियो।
५०औं मिनेटमा ड्यानिलोले गरेको गोलबाट युभेन्टसले अग्रता लियो। ग्रेगोर डेफरेलले बराबरी गोल फर्काए। ८२ मिनेटमा राम्सेले गरेको गोलबाट युभेन्टसले पुनः अग्रता लियो। इन्जुरी समयमा रोनाल्डोले अर्को गोल थपेपछि युभेन्टसले जित पक्का भएको हो।
जितसँगै युभेन्टस चौथो स्थानमा उक्लिएको छ। युभेन्टसले १६ खेलबाट ३३ अंक जोडेको छ। जुन शीर्ष स्थानको एसी मिलान सात अंकले पछाडि हो। तथापि, युभेन्टसले एक खेल कम खेलेको छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डो र एरोन राम्सेले गोल गरेको दिन युभेन्टसले गएराति इटालियन ‘सिरी ए’मा सासउलोलाई ३-१ ले पराजित गरेको छ।पाहुना टोली सासउलोका पेड्रो ओबियाङले ४४औं मिनेटमा गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन। लगत्तै ओबियाङले रातो कार्डको सामना गरेपछि सासउलो १० खेलाडीमा सीमित भएको थियो।

">