काठमाडौं। बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्।
ढाकामा आज भएको दक्षिण एशिया स्तरीय म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।
प्रतिस्पर्धामा भारतकी ज्योति गवातीले रजत पदक जितिन। उनले निर्धारित दूरी तीन घण्टा ४६ सेकेण्डमा पूरा गरेकी थिइन। प्रतियोगितामा भारतकै गिगमत डोल्माले तीन घण्टा नौ मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन।
गत वर्ष नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको म्याराथनमा सशस्त्र प्रहरी बलको विभागीय टोली एपिएफ क्लबकी खेलाडी भण्डारीले रजत पदक जितेकी थिइन।
पुरुष म्याराथनमा नेपालका किरणसिंह बोगटीले चौथो स्थान हासिल गरे। बोगटीले निर्धारित दूरी दुई घण्टा २४ मिनेट १३ सेकेण्डमा पूरा गरेका थिए। दौडका क्रममा घाइते भएपछि बोगटीको नतिजा सोचेजस्तो हुन नसकेको प्रशिक्षक धनीराम चौधरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले जनाएको छ।
बोगटीले १३औं सागमा भने म्याराथनमा स्वण जित्नु भएको थियो । भारतका बहादुर सिंहले निर्धारित दूरी दुई घण्टा २१ मिनेट ४० सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा भारतकै राजपाल सिंह दुई घण्टा २१ मिनेट ४१ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो तथा भारतकै रवि प्रकाश दुई घण्टा २५ मिनेट २३ सेकेण्डको समयमा दौड पूरा गर्दै तेस्रो भए।
" /> काठमाडौं। बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु शेख मुजिब म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण पदक जितेकी छिन्।ढाकामा आज भएको दक्षिण एशिया स्तरीय म्याराथनमा भण्डारीले निर्धारित दूरी दुई घण्टा ५९ मिनेट ४१ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन्।

">