काठमाडौं। मोइज केनले लगातार तेस्रो खेलमा गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति ब्रेस्टमथि ३-० को सहज विजय हासिल गरेको छ। नवनियुक्त मुख्य प्रशिक्षक माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पीएसजीको यो पहिलो जित हो।
इटालीका फरवार्ड केन एभर्टनबाट लोनमा पीएसजी आएका हुन्। उनले १६औं मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। फ्रान्स आएपछि १४ लिगमा केनको यो नवौं गोल हो।
अर्जेन्टिनाका फरवार्ड माउरो इकार्डीले ८१औं मिनेटमा अग्रता दोब्बर बनाए। उनले काइलियन एमबाप्पेको पासमा गोल गरेका हुन्। त्यसको दुई मिनेट नबित्दै इकार्डीको पासमा पाब्लो साराबियाले अर्को गोल थपे।
जितपछि १९ खेलबाट ३९ अंक जोडेको पीएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लियोनभन्दा एक अंकले पछाडि हो। लियोनले गएराति रेनेससँग २-२ को बराबरी खेल्यो।
पोचेट्टिनोले प्रशिक्षण सम्हालेपछिको पहिलो खेलमा पीएसजीले बुधबार सेन्ट इटिनेसँग १-१ को बराबरी खेलेको थियो।
गएराति पीएसजीमा ब्राजिलका फरवार्ड नेइमार थिएनन्। कुर्कुच्चाको चोटका कारण नेइमार मैदानबाहिर थिए।
" /> काठमाडौं। मोइज केनले लगातार तेस्रो खेलमा गोल गरेको दिन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गएराति ब्रेस्टमथि ३-० को सहज विजय हासिल गरेको छ। नवनियुक्त मुख्य प्रशिक्षक माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पीएसजीको यो पहिलो जित हो।इटालीका फरवार्ड केन एभर्टनबाट लोनमा पीएसजी आएका हुन्। उनले १६औं मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। फ्रान्स आएपछि १४ लिगमा केनको यो नवौं गोल हो।

">