काठमाडौं। स्कट म्याकटोमिनले चौथो मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति वाटफोर्डमाथि १-० को विजय हासिल गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।
पहिलोपटक कप्तानको जिम्मेवारी पाएका म्याकटोमिनले एलेक्स टेलासको कर्नरमा हेडमार्फत गोल गरेका हुन्। जारी सिजन २२ खेलमा म्याकटोमिनको यो चौथो गोल हो।
घरेलु टोली युनाइटेडका हुँवा माटाले गोलको राम्रो अवसर खेर फाले। त्यस्तै ड्यानियल जेम्स र वैकिल्पक खेलाडी मार्कुस राशफोर्डको प्रयासलाई वाटफोर्डका गोलकिपर ड्यानियल बचमनले बचाइदिएका थिए।
वाटफोर्डको ओल्ड ट्राफोर्ड भ्रमणमा यो लगातार दशौं हार हो। उक्त खेलमा वाटफोर्डले तीन गोलमात्र गरेको छ।
युनाइटेड बुधबार काराबाओ कपको सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।
" /> काठमाडौं। स्कट म्याकटोमिनले चौथो मिनेटमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति वाटफोर्डमाथि १-० को विजय हासिल गर्दै एफए कपको चौथो चरणमा स्थान बनाएको छ।पहिलोपटक कप्तानको जिम्मेवारी पाएका म्याकटोमिनले एलेक्स टेलासको कर्नरमा हेडमार्फत गोल गरेका हुन्। जारी सिजन २२ खेलमा म्याकटोमिनको यो चौथो गोल हो।

">