काठमाडौं। लियोनल मेसी र एन्टोइन ग्रिजमनको समान दुई/दुई गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगमा ग्रानाडामाथि ४–० को सहज विजय हासिल गरेको छ।
यससँगै बार्सिलोनाले अपराजित यात्रालाई आठ खेलसम्म लम्ब्याएको छ। च्याम्पियन्स लिगमा युभेन्टससँग डिसेम्बर ९ मा पराजित भएपछि बार्सिलोनाले हारेको छैन। त्यसपछि लिगको आठमध्ये बार्सिलोनाले दुई खेलमात्र बराबरी खेलेको छ। बाँकी खेल जितेको छ।
ग्रिजमनले १२औं मिनेटमा गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ३५औं मिनेटमा मेसीले ग्रिजमनकै पासमा अग्रता दोब्बर बनाए। ४२औं मिनेटमा मेसीले फ्रीकिकमा अर्को गोल थपे।
यससँगै मेसी जारी सिजन लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन्। मेसीले ११ गोल गरिसकेका छन्। दोस्रो स्थानमा भिल्लारियालका जेरार्ड मोरेनो रहेका छन्। मोरेनोले १० गोल गरेका छन्। एट्लेटिको मड्रिडका लुइस स्वारेजले ९ गोल गरेका छन्।
६३औं मिनेटमा ग्रिजमनले अर्को गोल थपेपछि बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ। जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले १८ खेलबाट ३४ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा चार अंकले पछाडि हो। तथापि, एट्लेटिकोले तीन खेल कम खेलेको छ। १७ खेलबाट २४ अंक जोडेको ग्रानाडा भने सातौं स्थानमा छ।
" /> काठमाडौं। लियोनल मेसी र एन्टोइन ग्रिजमनको समान दुई/दुई गोलमा बार्सिलोनाले गएराति स्पेनिस ला लिगमा ग्रानाडामाथि ४–० को सहज विजय हासिल गरेको छ।यससँगै बार्सिलोनाले अपराजित यात्रालाई आठ खेलसम्म लम्ब्याएको छ। च्याम्पियन्स लिगमा युभेन्टससँग डिसेम्बर ९ मा पराजित भएपछि बार्सिलोनाले हारेको छैन। त्यसपछि लिगको आठमध्ये बार्सिलोनाले दुई खेलमात्र बराबरी खेलेको छ। बाँकी खेल जितेको छ।

">