काठमाडौं। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत ९४ रनले पछाडि परेको छ।
सिड्नी क्रिकेट मैदानमा तेस्रो दिन भारतले २४४ रन बनाउँदा सबै विकेट गुमाएको हो। अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो।
भारतले ९६/२ को स्थितिबाट तेस्रो दिन थालेको थियो। तेस्रो दिन सुरू गर्दा चेतेश्वर पुजरा नौ तथा कप्तान अजिन्क्या रहाने पाँच रन बनाएर क्रिजमा थिए। पुजराले ५० रन बनाए भने रहाने २२ रन जोडेर पवेलियन फर्किए।
त्यसपछि विकेटकिपर रिसब पन्तले ३६, रविचन्द्र अश्विनले १० रन बनाउँदा रवीन्द्र जडेजा २८ रनमा अविजित रहे। त्यसअघि ओपनर रोहित शर्माले २६ तथा शुबमन गिलले ५० रन बनाएका थिए। भारतका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
अस्ट्रेलियाका पाट कुमिन्सले चार विकेट लिँदा जोश हाज्लेउडले दुई र मिचेल स्टार्कले एक विकेट लिए।
" /> काठमाडौं। अस्ट्रेलियाविरुद्ध तेस्रो टेस्टको पहिलो इनिङमा पाहुना टोली भारत ९४ रनले पछाडि परेको छ।सिड्नी क्रिकेट मैदानमा तेस्रो दिन भारतले २४४ रन बनाउँदा सबै विकेट गुमाएको हो। अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रन बनाएको थियो।

">