काठमाडौं।प्रशिक्षकविनाको आर्सनल गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएको छ। कार्यबाहक प्रशिक्षक फ्रेडी लजङबर्गको नेतृत्वमा आर्सनल घरेलु मैदानमा २–१ ले पराजित भएको हो।
अलेक्जेन्डर लाकाजेटले आर्सनलबाट आफ्नो १ सयौं खेल सम्झनलायक बनाए पनि क्लबलाई तीन अंक दिलाउन असफल रहे। ३६औं मिनेटमा एडम बेबस्टरको गोलमा भ्रमणकारी ब्राइटनले अग्रता लिएको थियो। ५०औ मिनेटमा लाकाजेटको बराबरी गोल फर्काए।
६४औं मिनेट डेबिड लुइजले हेडमार्फत गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) ले त्यसलाई अफसाईड घोषित गरिदियो। आर्सनल अग्रता लिनबाट बञ्चित भयो। खेल सकिन दश मिनेट बाँकी रहँदा एरोन मुएको क्रसमा नेल माउपेले गोल गरेपछि आर्सनल अंक गुमाउन बाध्य भयो।
‘पहिलो हाफमा हामीले राम्रो गर्न सकेनौं। दोस्रो हाफमा हामीले सुधार गरे पनि काउन्टरमा गोल खायौं। हाम्रो मनोबल पनि कमजोर देखियो,’ आर्सनलका कार्यबाहक प्रशिक्षक लजङबर्गले भने, ‘हाफ टाइममा हामीले भन्यौं– यो आर्सनलको खेल भएन। यसबाट माथि उठ्नुपर्छ। तर खराब अवस्थाबाट गुज्रिएका कारण खेलाडीको मनोबल धेरै तल छ।’
यससँगै आर्सनलको हार शृंखला लम्बिएको छ। अक्टोबर २५ मा युरोपा लिगअन्तर्गत भिक्टोरिया डी गुइमारेसलाई हराएपछि आर्सनलले नवौं खेलसम्म विजयी नतिजा निकाल्न सकेको छैन। आर्सनलले यति लामोसम्म जीत हात पार्न नसकेको १९७७ पछि यो पहिलो हो।
आर्सनल १९ अंकका साथ दशौं स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा १० अंकले पछि हो। ब्राइटन १८ अंक सहित १३औं स्थानमा उक्लिएको छ।
गएराति नै न्युक्यासल युनाइटेडले सेफिल्ड युनाइटेडलाई २–० ले हरायो। न्युक्यासलका लागि एलन सेन्ट म्याक्सिमिन र जोन्जो साल्भेले गोल गरेका थिए।
" /> काठमाडौं।प्रशिक्षकविनाको आर्सनल गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएको छ। कार्यबाहक प्रशिक्षक फ्रेडी लजङबर्गको नेतृत्वमा आर्सनल घरेलु मैदानमा २–१ ले पराजित भएको हो।अलेक्जेन्डर लाकाजेटले आर्सनलबाट आफ्नो १ सयौं खेल सम्झनलायक बनाए पनि क्लबलाई तीन अंक दिलाउन असफल रहे। ३६औं मिनेटमा एडम बेबस्टरको गोलमा भ्रमणकारी ब्राइटनले अग्रता लिएको थियो। ५०औ मिनेटमा लाकाजेटको बराबरी गोल फर्काए।

">