काठमाडौं। टेष्टमा डेब्यू गरेका विल पुकोभस्की र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्टमा राम्रो सुरुआत गरेको छ।
वर्षाले प्रभावित गरेको तेस्रो टेष्टको पहिलो दिन सकिँदा घरेलु टीम अस्ट्रेलिया १६६÷२ को स्थितिमा छ। पहिलो दिन सकिँदा अस्ट्रेलियाका मार्नुस लाबुसेन ६७ र स्टेभन स्मिथ ३१ रन बनाएर क्रिजमा छन्।
चोटका कारण पहिलो टेष्ट गुमाएका डेबिड वार्नर पाँच रन बनाएर पवेलियन फर्किए। त्यसपछि लाबुसेन र पुकोभस्कीले दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरे। पुकोभस्की ६२ रन बनाएर आउट भए। त्यसपछि लाबुसेन र स्मिथले तेस्रो विकेटका लागि ६० रनको अविजित साझेदारी गरेका छन्।
भारतका मोहम्मद सिराज र नवदीप सैनीले एक एक विकेट लिए। सैनीको पनि टेष्टमा यो डेब्यू खेल हो।
वर्षाले खेल प्रभावित भएपछि ५५ ओभरको मात्र खेल सम्भव भएको थियो। चार खेलको शृंखलामा १–१ को बराबरी भएको छ।
" /> काठमाडौं। टेष्टमा डेब्यू गरेका विल पुकोभस्की र मार्नुस लाबुसेनले अर्धशतक बनाएपछि अस्ट्रेलियाले भारतविरुद्धको तेस्रो टेष्टमा राम्रो सुरुआत गरेको छ।वर्षाले प्रभावित गरेको तेस्रो टेष्टको पहिलो दिन सकिँदा घरेलु टीम अस्ट्रेलिया १६६÷२ को स्थितिमा छ। पहिलो दिन सकिँदा अस्ट्रेलियाका मार्नुस लाबुसेन ६७ र स्टेभन स्मिथ ३१ रन बनाएर क्रिजमा छन्।

">