काठमाडौं। माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले खेलेको पहिलो खेल बराबरी खेलेको छ। साविक विजेता पीएसजीले सेन्ट इटिनेसँग १-१ को बराबरी खेलेको हो।
पोचेट्टिनोले गत शनिबार मात्र पीएसजीको नेतृत्व सम्हालेका थिए। जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेर पीएसजीले पोचेट्टिनोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। पोचेट्टिनो प्रशिक्षण सम्हालेपछि पीएसजीले खेलेको यो पहिलो खेल हो।
रोमेन हामोउमाको गोलबाट घरेलु टिम सेन्ट इटिनेले १९औं मिनेटमा अग्रता लिएको थियो। त्यसको तीन मिनेट नबित्दै मोइज कीनले मार्को भेराट्टीको पासमा बराबरी गोल फर्काए।
बराबरीमा रोकिएको पीएसजी फ्रेन्च लिग वानको दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लियोनभन्दा तीन अंकले पछाडि हो। लियोनले गएराति लेन्सलाई ३-२ ले हराएको थियो।
पोचेट्टिनाको पीएसजीले लिलीलाई पछि पार्दै एक स्थानमाथि उक्लिएको हो। समान ३६ अंक भएपछि लिली गोलअन्तरमा पछि परेको हो। लिली एन्जर्ससँग २-१ ले पराजित भएको थियो।
" /> काठमाडौं। माउरिसियो पोचेट्टिनोको प्रशिक्षणमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले खेलेको पहिलो खेल बराबरी खेलेको छ। साविक विजेता पीएसजीले सेन्ट इटिनेसँग १-१ को बराबरी खेलेको हो।पोचेट्टिनोले गत शनिबार मात्र पीएसजीको नेतृत्व सम्हालेका थिए। जर्मन प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेर पीएसजीले पोचेट्टिनोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो। पोचेट्टिनो प्रशिक्षण सम्हालेपछि पीएसजीले खेलेको यो पहिलो खेल हो।

">