काठमाडौं। फेडरिको चिएसाको दुई गोलप्रेरित युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानलाई ३-१ ले पराजित गरेको छ। यससँगै जारी लिगमा मिलानको अपराजित यात्रामा पूर्णविराम लागेको छ।
२३ वर्षीय चिएसाले १८औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। उनले पाउलो डिबालाको पासमा गोल गरेका हुन्। घरेलु टिम मिलानका डेबिड कालाब्रियाले ४१औं मिनेटमा बराबरी गोल फर्काए।
६२औं मिनेटमा चिएसाले गरेको गोलबाट युभेन्टसले पुनः अग्रता लियो। चिएसाको यस गोलमा पनि डिबालाले अवसर सिर्जना गरिदिएका थिए। खेल सकिन १४ मिनेट बाँकी हुँदा वेस्टन म्याकेनीले अर्को गोल थपेपछि युभेन्टस जित पक्का भएको हो।
पराजित हुनुका बाबजुद मिलान सिरी ‘ए’ को शीर्ष स्थानमा कायमै छ। मिलानले १६ खेलबाट ३७ अंक जोडेको छ। १५ खेलबाट ३० अंक जोडेको युभेन्टस भने चौथो स्थानमा उक्लिएको छ।
लगातार नवौं पटक सिरी उपाधि जितेको युभेन्टस जारी सिजन भने संघर्ष गरिरहेको छ। एक खेल कम खेलेको युभेन्टस शीर्ष क्लब मिलानभन्दा सात अंकले पछाडि छ। त्यस्तै दोस्रो स्थानको इन्टरभन्दा ६ र तेस्रो स्थानको एएस रोमाभन्दा तीन अंकले पछाडि छ।
गएराति नै मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलान साम्पडोरियासँग २-१ ले पराजित भएको थियो। जसका कारण मिलान हारका बाबजुद पनि शीर्ष स्थानमा रहन सफल भयो।
रोमाले गएराति नै क्रोटोनीलाई ३-१ ले पराजित गरेको थियो। जिनोवामाथि २-१ को विजय हासिल गरेको सासउलो पाँचौं स्थानमा उक्लिएको छ। स्पेजियासँग २-१ ले पराजित नेपोली भने छैटौं स्थानमा झरेको छ। त्यस्तै फियोरेन्टिनालाई २-१ ले पराजित गरेको लाजियो आठौं स्थानमा उक्लिएको छ। पर्मालाई ३-० ले हराएको एटलान्टा भने सातौं स्थानमा यथावत छ।
" /> काठमाडौं। फेडरिको चिएसाको दुई गोलप्रेरित युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ को शीर्ष क्लब एसी मिलानलाई ३-१ ले पराजित गरेको छ। यससँगै जारी लिगमा मिलानको अपराजित यात्रामा पूर्णविराम लागेको छ।२३ वर्षीय चिएसाले १८औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो। उनले पाउलो डिबालाको पासमा गोल गरेका हुन्। घरेलु टिम मिलानका डेबिड कालाब्रियाले ४१औं मिनेटमा बराबरी गोल फर्काए।

">