काठमाडौं। लियोनल मेसीको दुई गोलप्रेरित बार्सिलोनाले गएराति एथलेटिक विल्बाओलाई ३-२ ले पराजित गर्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।
घरेलु टोली एथलेटिक विल्बाओले तेस्रो मिनेटमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो। १४औं मिनेटमा बार्सिलोनाका पेड्रीले बराबरी गोल फर्काए। पेड्रीले फ्रांक डी जोङको पासमा गोल गरेका हुन्।
३८औं मिनेटमा कप्तान मेसीले गरेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। ६२औं मिनेटमा एन्टोइन ग्रिजमनको पासमा मेसीले अर्को गोल थप्दै बार्सिलोनाको अग्रता बढाए।
इन्जुरी समयमा एथलेटिक विल्बाओका इकर मुनियनले गोल फर्काए पनि घरेलु टिमलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो।
जितसँगै रोनाल्ड कोम्यानको बार्सिलोनाले रियाल सोसिडाड र भिल्लारियाललाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले १७ खेलबाट ३१ अंक जोडेको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा पाँच र शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा सात अंकले पछाडि हो। तथापि एट्लेटिकोले दुई खेल कम खेलेको छ।
एथलेटिक विल्बाओ भने २१ अंकका साथ नवौं स्थानमा छ। एथलेटिकले १८ खेल खेलेको छ। मार्सेलिनो गार्सियाले प्रशिक्षणमा एथलेटिक विल्बाओले खेलेको यो पहिलो खेल हो। एथलेटिक विल्बाओले गत आइतबार इल्चेमाथि १-० को विजय हासिल गरेपछि गाइज्का गारिटानोलाई बर्खास्त गरेको थियो।
बार्सिलोना पछिल्लो सात खेलमा अपराजित रहेको छ। च्याम्पियन्स लिगमा युभेन्टससँग घरेलु मैदानमै ३-० ले पराजित भएपछि बार्सिलोनाले हारेको छैन। बार्सिलोनाले सात लिग खेलमा दुई बराबरी खेलेको छ भने बाँकी खेल जितेको छ।
" /> काठमाडौं। लियोनल मेसीको दुई गोलप्रेरित बार्सिलोनाले गएराति एथलेटिक विल्बाओलाई ३-२ ले पराजित गर्दै स्पेनिस ला लिगाको तेस्रो स्थानमा उक्लिएको छ।घरेलु टोली एथलेटिक विल्बाओले तेस्रो मिनेटमा इनाकी विलियम्सको गोलबाट अग्रता लिएको थियो। १४औं मिनेटमा बार्सिलोनाका पेड्रीले बराबरी गोल फर्काए। पेड्रीले फ्रांक डी जोङको पासमा गोल गरेका हुन्।

">