काठमाडौं। साउथह्याम्पटनसँग १-० ले पराजित भएपछि लिभरपुलको इङ्लिस प्रिमियर लिग उपाधि रक्षा अभियानमा धक्का लागेको छ।
ड्यानी इङ्सले दोस्रो हाफमा गरेको सुन्दर गोल नै घरेलु टिम साउथह्याम्पटनको जितमा निर्णायक बन्यो। जेम्स वार्ड-प्रोजको फ्रीकिकलाई इङ्सले पोस्टको दिशा दिलाएका हुन्।
इङ्स लिभरपुलका पूर्वफरवार्ड हुन्। २०१८ अगस्टमा लोनमा साउथह्याम्पटन आएका इङ्स २०१९ मा स्थायी सरूवा भएका थिए।
जारी सिजन लिगमा योर्गान क्लोपको लिभरपुलको यो दोस्रो हार हो। हारका बाबजुत लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा यथावत छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग समान अंक भए पनि गोलअन्तरमा लिभरपुल अगाडि भएको हो।
पछिल्ला ९ अंकको खेलमा लिभरपुलले दुई अंक मात्र जोड्न सकेको छ। यससँगै लिभरपुलले स्पष्ट अग्रता लिने मौका गुमाएको हो। लिभरपुलले १७ खेलबाट ३३ अंक जोडेको छ। जुन दोस्रो स्थानको युनाइटेडसँग बराबर हो भने तेस्रो स्थानको लेस्टर सिटीभन्दा एक अंकले मात्र माथि हो। युनाइटेडले एक खेल कम खेलेको छ।
त्यस्तै पाँचौं स्थानको म्यानचेस्टर सिटीभन्दा लिभरपुल चार अंकले मात्र माथि छ। सिटीले अझ दुई खेल कम खेलेको छ।
" /> काठमाडौं। साउथह्याम्पटनसँग १-० ले पराजित भएपछि लिभरपुलको इङ्लिस प्रिमियर लिग उपाधि रक्षा अभियानमा धक्का लागेको छ।ड्यानी इङ्सले दोस्रो हाफमा गरेको सुन्दर गोल नै घरेलु टिम साउथह्याम्पटनको जितमा निर्णायक बन्यो। जेम्स वार्ड-प्रोजको फ्रीकिकलाई इङ्सले पोस्टको दिशा दिलाएका हुन्।

">