काठमाडौं। केन विलियम्सनले शतक बनाएर हेनरी निकोलससँग तेस्रो विकेटका लागि २१५ रनको अविजित साझेदारी गरेपछि पाकिस्तानविरुद्धको दोस्रो टेष्टमा न्युजिल्यान्ड बलियो स्थितिमा पुगेको छ।
दोस्रो दिन सकिँदा न्युजिल्यान्ड २८६/३ को स्थितिमा छ। न्युजिल्यान्ड अहिले पाकिस्तानभन्दा ११ रनले पछाडी छ। पाकिस्तनले पहिलो इनिङमा २९७ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
दोस्रो दिन सकिँदा न्युजिल्यान्डका कप्तान विलियम्सन ११२ र निकोलस ८९ रन बनाएर क्रिजमा छन्। विलियम्सनले पहिलो खेलमा पनि शतक बनाएका थिए। उनले पहिलो खेलको पहिलो इनिङका १२९ रन बनाएका थिए।
विलियम्सन र निकोलसबाहेक न्युजिल्यान्डका ओपनर टम लाथमले ३३, टम ब्लुन्डेलले १६ र रोस टेलरले १२ रन बनाए।
पाकिस्तानका शाहिन शाह अफ्रिदी, मोहम्मद अब्बास र फहीम असरफले एक/एक विकेट लिए।
पहिलो दिन पाकिस्तानलाई २९७ रनमा सिमित गर्न न्युजिल्यान्डका काइल ज्यामिन्सले पाँच विकेट लिएका थिए भने ट्रेन्ट बोल्ट र टीम साउथीको नाममा समान दुई विकेट रह्यो। पाकिस्तानका अजहर अलीले सबभन्दा धेरै ९३ र कप्तान मोहम्मद रिजवनले ६१ रन बनाएका थिए।