काठमाडौं। बार्सिलोनाका पूर्वस्ट्राइकर लुइस स्वारेजले अन्तिम मिनेटमा गरेको गोलमा एट्लेटिको मड्रिडले गएराति डेपोर्टिभो अलाभेसमाथि २-१ को रोमाञ्चक विजय हासिल गरेको छ। जितसँगै एट्लेटिको फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
३३ वर्षे स्वारेज गत सेप्टेम्बरमा बार्सिलोनाबाट एट्लेटिकोसँग आबद्ध भएका थिए। उनले जाओ फेलिक्सको पासमा गरेको गोल पाहुना टोली एट्लेटिकोको जितमा निर्णायक बन्यो।
त्यसअघि स्वारेजकै पासमा मार्कोस लोरेन्टेले गरेको गोलबाट एट्लेटिकोले ४१औं मिनेटमा अग्रता लिएको थियो। ८४औं मिनेटमा एट्लेटिकोका फिलिपेले गरेको आत्मघाती गोलमा अलाभेसले बराबरी गरेको थियो।
६३औं मिनेटमा भिक्टोर लगुआर्डियाले रातो कार्डको सामना गरेपछि अलाभेस १० खेलाडीमा सीमित भयो। इन्जुरी समयमा स्वारेजले गरेको गोलसँगै एट्लेटिकोले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।
जितसँगै १५ खेलबाट ३८ अंक जोडेको एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा दुई अंकले माथि हो। अझ एट्लेटिकोलेभन्दा रियालले दुई खेल बढी खेलेको छ। पराजित अलाभेस १८ अंकका साथ १४औं स्थानमा छ।
" /> काठमाडौं। बार्सिलोनाका पूर्वस्ट्राइकर लुइस स्वारेजले अन्तिम मिनेटमा गरेको गोलमा एट्लेटिको मड्रिडले गएराति डेपोर्टिभो अलाभेसमाथि २-१ को रोमाञ्चक विजय हासिल गरेको छ। जितसँगै एट्लेटिको फेरि स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।३३ वर्षे स्वारेज गत सेप्टेम्बरमा बार्सिलोनाबाट एट्लेटिकोसँग आबद्ध भएका थिए। उनले जाओ फेलिक्सको पासमा गरेको गोल पाहुना टोली एट्लेटिकोको जितमा निर्णायक बन्यो।

">