काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएपछि युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा युडिनेसमाथि ४-१ को सहज विजयी हासिल गरेको छ।
युडिनेसका रोड्रिगो डेल पाउलले ११औं मिनेटमा गरेको गोल भिडिओ सहायक रेफ्रीले मान्यता दिएन। एरोना राम्सेको पासमा रोनाल्डोले ३१औं मिनेटमा युभेन्टसलाई अग्रता दिए। ४९औं मिनेटमा फेड्रिको चिसाले रोनाल्डोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।
५२औं मिनेटमा राम्सेले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले मान्यता दिएन। ७०औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल थपे। इन्जुरी समयमा पाउलो डिबालाले अर्को गोल थपेपछि युभेन्टसले सहज विजय हासिल गर्यो। युडिनेसका मार्भिन जीगेलारले ९०औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
जितपछि आन्द्र पिर्लोको युभेन्टस सिरी ‘ए’ को पाँचौं स्थानमा उक्लिएको छ। युभेन्टसले १४ खेलबाट २७ अंक जोडेको छ। जुन शीर्ष स्थानको एसी मिलानभन्दा १० अंकले पछाडि हो। युभेन्टसले एक खेल कम खेलेको छ।
" /> काठमाडौं। क्रिष्टियानो रोनाल्डोले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएपछि युभेन्टसले गएराति इटालियन सिरी ‘ए’ मा युडिनेसमाथि ४-१ को सहज विजयी हासिल गरेको छ।युडिनेसका रोड्रिगो डेल पाउलले ११औं मिनेटमा गरेको गोल भिडिओ सहायक रेफ्रीले मान्यता दिएन। एरोना राम्सेको पासमा रोनाल्डोले ३१औं मिनेटमा युभेन्टसलाई अग्रता दिए। ४९औं मिनेटमा फेड्रिको चिसाले रोनाल्डोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।

">