काठमाडौं। पाहुना टोली म्यानचेस्टर सिटीले स्टामफोर्ड ब्रिजमा चेल्सीमाथि ३-१ को विजय हासिल गरेको छ। पराजित भएपछि चेल्सीका प्रशिक्षक फ्रांक लामपार्ड दबाबमा परेका छन्।
कोरोना भाइरस संक्रमणका कारण सिटीको सिनियर टिमकै पाँच खेलाडी उपलब्ध थिएनन्। तर सिटीले पहिलो हाफमा १६ मिनेटको अन्तरालमा तीन गोल गरेपछि चेल्सी घरेलु मैदानमै स्तब्ध भएको थियो।
फिल फोडानको पासमा इल्के गुन्डोगनले गरेको गोलबाट सिटीले १८औं मिनेटमा अग्रता लिएको थियो। २१औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा फोडानले अग्रता दोब्बर बनाए। ३४औं मिनेटमा डी ब्रुयनाले अर्को गोल थपेपछि सिटीले तीन शून्यको अग्रता लियो।
कालुम हड्सन ओडोईले इन्जुरी समयमा गोल फर्काए पनि चेल्सीलाई पुनरागमनका लागि धेरै ढिला भइसकेको थियो। काई हाभार्टजको क्रसमा ओडोईले हानेको प्रहार प्रिमियर लिगमा डेब्यू गरेका सिटीका गोलकिपर ज्याक स्टेफनले बचाउन सकेनन्।
जितपछि सिटी पाँचौं स्थानमा उक्लिएको छ। सिटीले १५ खेलबाट २९ अंक जोडेको छ। जुन चौथो स्थानको टोटेनह्यामसँग बराबरी हो। त्यस्तै शीर्ष स्थानमा रहेको लिभरपुल र म्यानचेस्टर युनाइटेडभन्दा चार अंकले पछाडि हो। तथापि, सिटीले एक खेल कम खेलेको छ। पराजित चेल्सी भने आठौं स्थानमा झरेको छ।
चेल्सीले पछिल्लो तीन खेलमा विजय हासिल गर्न सकेको छैन। पछिल्लो ६ खेलमा चेल्सीले एक खेलमात्र जितेको छ। एक खेल बराबरी गरेको छ भने बाँकी चार खेल हारेको छ। ठीक विपरीत सिटीको भने यो लगातार तेस्रो जित हो। लिगमा सिटीले पछिल्लो सात खेलमा अपराजित छ। नोभेम्बर २१ मा टोटेनह्यामसँग पराजित भएपछि सिटीले हारेको छैन।
" /> काठमाडौं। पाहुना टोली म्यानचेस्टर सिटीले स्टामफोर्ड ब्रिजमा चेल्सीमाथि ३-१ को विजय हासिल गरेको छ। पराजित भएपछि चेल्सीका प्रशिक्षक फ्रांक लामपार्ड दबाबमा परेका छन्।कोरोना भाइरस संक्रमणका कारण सिटीको सिनियर टिमकै पाँच खेलाडी उपलब्ध थिएनन्। तर सिटीले पहिलो हाफमा १६ मिनेटको अन्तरालमा तीन गोल गरेपछि चेल्सी घरेलु मैदानमै स्तब्ध भएको थियो।

">