काठमाडौं। लाउटारो मार्टिनेजको ह्याट्रिकप्रेरित इन्टर मिलानले आज इटालियन सिरी ‘ए’ मा क्रोटोनीमाथि ६-२ को सहज विजय हासिल गरेको छ। जितसँगै इन्टर सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।
लगातार आठ खेलमा विजय हासिल गरेसँगै इन्टरले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको हो। इन्टरले १५ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको एसी मिलानको ३४ अंक छ। तथापी मिलानले एक खेल कम खेलेको छ। मिलानले आजै बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्नेछ।
इन्टरबाट रोमेलु लुकाकुले गरेको यो ५०औं गोल गरे। मार्टिनेज र लुकाकुबाहेक इन्टरका लागि हाकिमी जियाचले पनि गोल गरे। इन्टरले अर्को लुका मारोनले आत्मघाती गोल उपहार पायो।
निकोलो जानेलेट्टोको गोलबाट पाहुना टोली क्रोटोनीले १२औं मिनेटमा अग्रता लिएको थियो। २० औं मिनेटमा मार्टिनेजले बराबरी गोल फर्काए। मारोनको आत्मघाती गोलबाट मिलानले अग्रता लिएको थियो। ३६ मिनेटमा भ्लादमिर गोलेमिकले पेनाल्टीमा बराबरी गोल फर्काए।
५७ औं मिनेटमा मार्टिनजले गरेको गोलबाट इन्टरले फेरी अग्रता लियो। ६४औं मिनेटमा लुकाकुले अग्रता बढाए। इन्टरमा आएपछि ७० खेलमा लुकाकुको यो ५० औं गोल हो। लुकाकुले अर्को ९ गोलमा अवसर सिर्जना गरिदिएका छन्।
७८ औं मिनेटमा मार्टिनेजले ह्याट्रिक गरे। खेल सकिन तीन मिनेट बाँकी हुँदा हाकिमी जियाचले अर्को गोल थपेपछि इन्टरले सहज विजय हासिल गरेको हो।
" /> काठमाडौं। लाउटारो मार्टिनेजको ह्याट्रिकप्रेरित इन्टर मिलानले आज इटालियन सिरी ‘ए’ मा क्रोटोनीमाथि ६-२ को सहज विजय हासिल गरेको छ। जितसँगै इन्टर सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ।लगातार आठ खेलमा विजय हासिल गरेसँगै इन्टरले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाएको हो। इन्टरले १५ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको एसी मिलानको ३४ अंक छ। तथापी मिलानले एक खेल कम खेलेको छ। मिलानले आजै बेनेभेन्टोसँग प्रतिस्पर्धा गर्नेछ।

">