काठमाडौं। अजहर अली र कप्तान मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तानले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुआत गरेको छ।
टस हारेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाउँदा सबै विकेट गुमाएको छ। अलीले ९३ तथा रिजवानले ६१ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
अलीले १२ चौकासहित ९३ रन बनाए। त्यस्तै रिजवानले ११ चौकासहित ६१ रन बनाए। अली र रिजवानबाहेक फहीम अश्रफले ४८, जाफर गोहरले ३४ र अबिद अलीले २५ रन जोडे। अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
न्युजिल्यान्डका काइल ज्यामिन्सले ६९ रन दिएर पाँच विकेट लिए। ज्यामिन्सनबाहेक टीम साउथी र ट्रेन्ट बोल्टले समान दुई विकेट लिए। म्याट हेनरीले एक विकेट लिए।
पहिलो टेस्टमा न्युजिल्यान्ड १०१ रनले विजयी भएको थियो।
" /> काठमाडौं। अजहर अली र कप्तान मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तानले न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा मध्यम सुरुआत गरेको छ।टस हारेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा २९७ रन बनाउँदा सबै विकेट गुमाएको छ। अलीले ९३ तथा रिजवानले ६१ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

">