काठमाडौं। ड्यानिल ओल्मोको गोलका आरबी लाइपजिगले गएराति भिएफबी स्टुटगार्टलाई १-० ले पराजित गर्दै जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा उक्लिएको छ।
पाहुना टोली लाइपजिगले पहिलो हाफमा पेनाल्टी अवसर पाएको थियो। २३औं मिनेटमा पाएको उक्त अवसरलाई इमिल फोर्सबर्गले सुदपयोग गर्न सकेनन्। फार्सबर्गले हानेको प्रहार ग्रेगोर कोबेलले बचाइदिएका थिए। ६७औं मिनेटमा ओल्मोले गरेको गोल लाइपजिगको जितमा निर्णायक बन्यो।
जितसँगै लाइपजिग बुन्डेसलिगको शीर्ष स्थानमा उक्लिएको छ। लाइपजिगले १४ खेलबाट ३१ अंक जोडेको छ। जुन दोस्रो स्थानको बायर्न म्युनिखभन्दा एक अंकले माथि हो। यद्यपि, बायर्नले एक खेल कम खेलेको छ। बायर्नले आज मेइन्ज०५ सँग प्रतिस्पर्धा गर्नेछ। पराजित स्टुटगार्ट भने १८ अंकका साथ ११औं स्थानमा छ।
तेस्रो स्थानको बायर लेभरकुसेन भने आठौं स्थानको फ्रांकफर्टसँग २-१ ले पराजित भयो। पाहुना टोली लेभरकुसेनले एक शून्यको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। लेभरकुसेनले १४ खेलबाट २८ अंक जोडेको छ। फ्रांकफर्टको २० अंक छ।
वेर्डर ब्रेमनमाथि २-० को विजय हासिल गरेको युनियन बर्लिन चौथो स्थानमा उक्लिएको छ। युनियन बर्लिनले २४ अंक जोडेकोछ। जुन पाँचौं स्थानको उल्फ्सबर्गसँग बराबरी हो। उल्फ्सबर्गले एक खेल कम खेलेको छ।
अन्य खेलमा बोरुसिया मोन्चेनग्लाडबचले अर्मिनिया बिलेफेल्डलाई १-० ले हरायो। फ्रेइबर्गले होफेनहेइमलाई ३-१ ले पारजित गर्दा हेर्था बर्लिनले साल्केलाई ३-० ले पारजित गर्यो।