काठमाडौं। सेल्टाभिगोमाथि सहज विजय हासिल गरेको रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।
सेल्टा भिगो २१ नोभेम्बरदेखि अपराजित रहँदै मड्रिड आइपुगेको थियो। तर मड्रिडमा पाहुना टोलीले त्यही लयमा प्रदर्शन गर्न सकेन। मार्को असेन्सियोको पासमा लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाए।
५३औं मिनेटमा भाजक्वेजकै पासमा असेन्सियाले अर्को गोल थपेपछि रियालले महत्त्वपूर्ण तीन अंक पक्का गर्यो।
जितसँगै रियाल शीर्ष स्थानमा उक्लिएको छ। रियालले १७ खेलबाट ३६ अंक जोडेको छ, जुन दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा एक अंकले आगाडि हो। तर एट्लेटिकोले १४ खेलमात्र खेलेको छ।
१७ खेलबाट २३ अंक जोडेको सेल्टा भिगो आठौं स्थानमा छ। हारसँगै सेल्टाभिगोलाई फरवार्ड इयागो असपसको चोटले थप पीडा दिएको छ। ला लिगामा जारी सिजन सबभन्दा धेरै गोल गरेका असपसले चोट बोकेपछि ५१औं मिनेटमा मैदान छाडेका थिए। असपसले जारी सिजनमा ९ गोल गरिसकेका छन्।
" /> काठमाडौं। सेल्टाभिगोमाथि सहज विजय हासिल गरेको रियाल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।सेल्टा भिगो २१ नोभेम्बरदेखि अपराजित रहँदै मड्रिड आइपुगेको थियो। तर मड्रिडमा पाहुना टोलीले त्यही लयमा प्रदर्शन गर्न सकेन। मार्को असेन्सियोको पासमा लुकास भाजक्वेजले छैटौं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिलाए।

">