काठमाडौँ। ह्यारी केन र ह्युङ मिन सनको उत्कृष्ट प्रदर्शनमा टोटेनह्यामले आज लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा हासिल गरेको जितसँगै टोटेनह्याम इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।
टोटेनह्यामले २९औं मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो। केनले पेनाल्टीमा गोल गरेका हुन्। लिड्सका इजान एलिओस्कीको स्टेभन बर्जविनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो।
केनकै पासमा सनले ४३ औं मिनेटमा घरेलु टोलीको अग्रता दोब्बर बनाए। ५० औं मिनेटमा टोबे एल्डरविल्र्डले सनको पासमा अर्को गोल थपेपछि टोटेनह्यामले सहज विजय हासिल गरेको थियो।
जितसँगै १६ खेलबाट २९ अंक जोडेको टोटेनह्याम तेस्रो स्थानमा छ, जुन शीर्ष स्थानका लिभरपुल र म्यानचेस्टर युनाइटेडको भन्दा चार अंकले पछाडि हो। समान ३३ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ।
१७ खेलबाट २३ अंक जोडेको लिड्स भने ११ औं स्थानमा छ।
" /> काठमाडौँ। ह्यारी केन र ह्युङ मिन सनको उत्कृष्ट प्रदर्शनमा टोटेनह्यामले आज लिड्स युनाइटेडलाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा हासिल गरेको जितसँगै टोटेनह्याम इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ।टोटेनह्यामले २९औं मिनेटमा केनको गोलबाट अग्रता लिएको थियो। केनले पेनाल्टीमा गोल गरेका हुन्। लिड्सका इजान एलिओस्कीको स्टेभन बर्जविनलाई फाउल गरेपछि टोटेनह्यामले पेनाल्टी अवसर पाएको थियो।

">