काठमाडौँ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयाघात भएको छ। भारतीय क्रिकेट टीमका पूर्व कप्तानको स्वास्थ्य अहिले स्थिर रहेको जनाइएको छ।
भारतीय क्रिकेट बोर्डका सचिव जय शाहले ४८ वर्षे गांगुलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्। गांगुलीको शनिबार कोलाताकाको उडल्यान्ड अस्पतालमा भर्ना गरिएको हो।
शनिबार व्यायमपश्चात् असहज महशुस भएपछि तुरुन्त अस्पताल लगिएको थियो।
अहेमदाबादमा भारतीय क्रिकेट बोर्डको साधारणसभा सकेर गांगुली कोलकाता फर्किएका थिए। कोलकातामा उनले इडेन गार्डन क्रिकेट रंगशालाको भ्रमण गरेको थिए। रंगशाला भ्रमणमा उनले शेद मुस्तक अली ट्रफीको तयारीबारे जानकारी लिएका थिए।
गांगुलीले भारतबाट ११३ टेष्ट र ३११ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन्। उनले २००० देखी २००५ सम्म भारतको कप्तानी गरेका थिए। गांगुलीले २०१९ अक्टोबरबाट भारतीय क्रिकेट बोर्डको नेतृत्व सम्हालेका हुन्।
वायाँहाते ब्याट्सम्यान गांगुलीले टेष्ट क्रिकेटमा सात हजार २१२ रन बनाएका छन्। त्यसक्रममा उनले १६ शतक बनाएका थिए।
त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले २२ शतकसहित ११ हजार ३६३ रन बनाएका छन्।
" /> काठमाडौँ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीलाई हृदयाघात भएको छ। भारतीय क्रिकेट टीमका पूर्व कप्तानको स्वास्थ्य अहिले स्थिर रहेको जनाइएको छ।भारतीय क्रिकेट बोर्डका सचिव जय शाहले ४८ वर्षे गांगुलीको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका हुन्। गांगुलीको शनिबार कोलाताकाको उडल्यान्ड अस्पतालमा भर्ना गरिएको हो।

">