काठमाडौँ। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि सशत्र प्रहरी बल (एपीएफ) र प्रदेश १ ले प्रतिस्पर्धा गर्ने भएका छन्।
आज दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थानमा बनाउँदा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराउँदै उपाधि भिडन्त पक्का गरेको हो।
अन्तिम चारको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा सात विकेट गुमाएर ६१ रन बनाएको थियो। ६२ रनको लक्ष्य एपीएफले ६ बल बाँकी हुँदा एक विकेट गुमाएर पुरा गरेको हो।
सुदूरपश्चिमका लागि सबभन्दा धेरै कविता जोशीले अविजित २२ रन बनाइन्। त्यसपछि रेवती धामीले १२ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफकी करुणा भण्डारीले तीन विकेट लिइन् भने सिता रानामगरले एक विकेट लिइन्।
६१ रनको लक्ष्य पुरा गर्ने क्रममा एपीएफकी ज्योती पाण्डेले अविजित २६ रन बनाइन भने सरिता मगरले अविजित १९ रन जोडिन्। कप्तान सिता रानामगर सात रनमा आउट भइन्।
समूह ‘ए’ बाट विजेताका बन्दै अन्तिम चारमा स्थान बनाएको एपीएफले अब उपाधि लागि प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ। आजै सम्पन्न दोस्रो खेलमा प्रदेश १ ले लुम्बिनीमाथि १० विकेट विजय हासिल गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४.१ ओभरमा सबै विकेट गुमाएर ५२ रन बनाएको थियो। ५३ रनको लक्ष्य प्रदेश १ ले ८.५ ओभरमा पुरा गरेको हो।
लुम्बिनीका लागि नितु भण्डारीले २१ रन बनाइन्। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। प्रदेश १ का संगिता राई र एनजिमा तामाङले समान दुई विकेट लिए भने रुविना क्षेत्रीले एक विकेट लिइन्।
५३ रनको लक्ष्य पुरा गर्ने क्रममा प्रदेश १ का काजल श्रेष्ठले अविजित २२ रन बनाइन् भने कप्तान रुविनाले अविजित २६ रन जोडिन्।
फाइनल खेल सोमबार हुनेछ।