काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको अन्तिम चारमा आज दुई खेल हुँदै छन्। उपाधि भिडन्त पक्का गर्नका लागि आज सशत्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम तथा लुम्बिनी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।
दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा अन्तिम चारको पहिलो खेलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्। एपीएफ समूह ‘ए’ को विजेता हो भने सुदूरपश्चिमले समूहको उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो।
दोस्रो खेलमा लुम्बिनी प्रदेशले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ। लुम्बिनी समूह ‘बी’ बाट विजेता बन्दै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो भने प्रदेश १ समूह ‘बी’ को विजेता टोली हो।

ट्वान्टी–२० स्वरूपमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा गत वर्ष एपीएफले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यस वर्ष प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ।
" /> काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताको अन्तिम चारमा आज दुई खेल हुँदै छन्। उपाधि भिडन्त पक्का गर्नका लागि आज सशत्र प्रहरी बल (एपीएफ) र सुदूरपश्चिम तथा लुम्बिनी र प्रदेश १ बीच प्रतिस्पर्धा हुनेछ।दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा अन्तिम चारको पहिलो खेलमा विभागीय टोली एपीएफ र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन्। एपीएफ समूह ‘ए’ को विजेता हो भने सुदूरपश्चिमले समूहको उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाएको थियो।

">