काठमाडौं। एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ। जितसँगै युनाइटेडले प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलसँग अंक बराबरी गरेको छ।
मार्सियालले ४०औं मिनेटमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। एरोन भान-बिसाकाले दायाँ कर्नरबाट गरेको क्रसलाई मार्सियालले हेडमार्फत पोस्टको दिशा दिएका थिए।
एस्टन भिल्लाका बट्र्रान्ड ट्राउरेले ५८औं मिनेटमा बराबरी गोल फर्काए। उनले ज्याक ग्रालिसको पासमा गोल गरेका हुन्।
त्यसको तीन मिनेट नबित्दै घरेलु टोलीका फर्नान्डेजले पेनाल्टीमा गरेको युनाइटेडको जितमा निर्णायक भयो। पाउल पोग्बालाई एस्टन भिल्लाका डोग्लस लुइजले फाउल गरेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको थियो। जसलाई फर्नान्डेजले गोलमा परिणत गर्दै युनाइटेडलाई महत्वपुर्ण तीन अंक दिलाएका थिए।
जारी सिजन लिगमा फर्नान्डेजको यो ११ गोल हो। ११ मध्ये पेनाल्टी गरेको यो पाँचौं गोल हो।
लिगमा एस्टन भिल्लाविरुद्धको ४४ भेटमा युनाइटेडको यो ३२औं जित हो। एस्टनभिल्लाविरुद्ध युनाइटेडले एक खेलमा मात्र पराजय भोगेको छ।
जारी सिजन लिगमा दशौं विजय हासिल गरेको युनाइटेडले १६ खेलबाट ३३ अंक जोडेको छ। जुन शीर्ष स्थानको लिभरपुलसँग बराबरी हो। तर गोलअन्तरको आधारमा लिभरपुल शीर्ष स्थानमा यथावत छ। युनाइटेडले तेस्रो स्थानको लेस्टर सिटीलाई चार अंकले पछाडि पारेको छ।
पराजित एस्टन भिल्लाले शीर्ष चारमा उक्लने मौका गुमायो। १५ खेलबाट २६ अंक जोडेको एस्टन भिल्ला छैटौं स्थानमा छ। जुन चौथो स्थानमा रहेको एभर्टन भन्दा तीन अंकले पछाडी हो।
गएराति नै सम्पन्न अर्को खेलमा एभर्टन १-० ले पराजित भएको थियो। एभर्टन घरेलु मैदानमै वेष्ट ह्यामसँग हारेको हो। खेल सकिन चार मिनेट बाँकी हुँदा टोमास सौसेकले गरेको गोल वेष्ट ह्यामको जितमा निर्णायक बन्यो।
१७ खेलबाट २६ अंक जोडेको वेष्ट ह्याम १०औं स्थानमा छ।
" /> काठमाडौं। एन्थोनी मार्सियाल र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ। जितसँगै युनाइटेडले प्रिमियर लिगको शीर्ष क्लब लिभरपुलसँग अंक बराबरी गरेको छ।मार्सियालले ४०औं मिनेटमा गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो। एरोन भान-बिसाकाले दायाँ कर्नरबाट गरेको क्रसलाई मार्सियालले हेडमार्फत पोस्टको दिशा दिएका थिए।

">