काठमाडौं। डिभोक ओरिगीको २ गोलप्रेरित लिभरपुलले गएराति इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि ५–२ को सहज विजय हासिल गरेको छ । लिभरपुलसँगको हारसँगै एभर्टनका प्रशिक्षक मार्को सिल्भा बर्खास्तको नजिक पुगेका छन् । यो हारसँगै रेलिगेशन क्षेत्रमा धकेलिएको एभर्टनका प्रशिक्षक सिल्भामाथि दबाब थपिएको हो।
लिभरपुलले निलम्बन र चोटका कारण मुख्य गोलकिपर एलिसन र नियमित खेलाडी फाबिन्होकोलाई गुमाएको थियो भने प्रशिक्षक योर्गान क्लोपले मोहमद सालाह र रोबर्टो फिर्मिन्होलाई आराम दिएका थिए। त्यसका बाबजुद लिभरपुलले प्रभावशाली जित निकाल्नेक्रममा पहिलो हाफमै चार गोल गरेको थियो।
साडियो मानेको पासमा डिभोक ओरिगीले छैठौं मिनेटमा लिभरपुललाई अग्रता दिएका थिए भने जर्दान साकिरीले १७औं मिनेटमा अग्रता दोब्बर बनाए। २१औं मिनेटमा मिचेल केनको गोलमा एभर्टनले पूनरागमनको प्रयास गर्यो। तर ३१औं मिनेटमा ओरिगीले अर्को गोल थपे। ४५औं मिनेटमा मानेले आफैले गोल गरे। लगत्तै एभर्टनका रिचार्डलीसनको गोल गरे पनि एभर्टन दोस्रो हाफमा पूनरागमन गर्न सकेन।
इन्जुरी समयमा लिभरपुलका विजनाल्डमले अर्को गोल थपेपछि एभर्टनको अंक लिने लक्ष्य पूरा हुन सकेन।
जितसँगै लिभरपुल १५ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा कायमै छ। लिभरपुलले दोस्रो स्थानको लेस्टर सिटीसँग ८ अंकको अग्रता बनाएको छ। एभर्टन १४ अंक सहित तालिकाको पुछारदेखि तेस्रोमा छ।
लेस्टरले बुधबारै रेलिगेशन क्षेत्रमा रहेको वाटफोर्डमाथि २–० को विजयी नतिजा निकालेको थियो। लेस्टरको जितमा जेमी भार्डेले पेनाल्टीमा गोल गरे भने अर्को गोल जेम्स म्याडिसनले गरे। गएराति नै सम्पन्न अर्को खेलमा साउथह्याम्पटनले नर्विच सिटीलाई २–१ ले पराजित गर्यो।