काठमाडौँ। अस्ट्रेलियाले भारतविरुद्धको अन्तिम दुई टेष्टका लागि ओपनर जो बर्नस्लाई टीमबाट हटाएर डेबिड वार्नर बोलाएको छ। त्यस्तै विल पुकोभस्कीलाई पहिलोपटक टीममा बोलाएको छ।
बर्नस्ले पहिलो दुई टेष्टको तीन इनिङमा दोहारो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाले पहिलो टेष्ट आठ विकेटले जितेको थियो भने दोस्रो टेष्टमा आठ विकेटले नै पराजित भएको थियो।
‘ग्रोइन इन्जुरी’का कारण वार्नरले पहिलो दुई टेष्ट गुमाएका थिए। टेष्टमा डेब्यू गर्ने आशामा रहेका २२ वर्षे पुकोभस्की पनि अभ्यास खेलमा घाइते भएका थिए। भारत र अस्ट्रेलियाबीचको तेस्रो टेष्ट ६ जनवरीबाट शुरु हुनेछ।
घरेलु प्रतियोगितामा अर्धशतक बनाउन पनि संघर्ष गरिरहेका बर्नस्ले मौका पाउछन् भनेर कमैले सोचेका थिए। तर वार्नर र पुकोभस्की घाइते भएपछि उनले मौका पाएका हुन्।
वार्नर र पुकोभस्कीसँगै सिन एबोटले पनि १८ सदस्यीय टीममा स्थान बनाएका छन्।
" /> काठमाडौँ। अस्ट्रेलियाले भारतविरुद्धको अन्तिम दुई टेष्टका लागि ओपनर जो बर्नस्लाई टीमबाट हटाएर डेबिड वार्नर बोलाएको छ। त्यस्तै विल पुकोभस्कीलाई पहिलोपटक टीममा बोलाएको छ।बर्नस्ले पहिलो दुई टेष्टको तीन इनिङमा दोहारो अंकमा रन बनाउन सकेनन्। अस्ट्रेलियाले पहिलो टेष्ट आठ विकेटले जितेको थियो भने दोस्रो टेष्टमा आठ विकेटले नै पराजित भएको थियो।

">