काठमाडौं। मार्कुस रासफोर्डले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेपछि म्यान्चेष्टर युनाईटेडले गएराति पूर्व प्रशिक्षक जोजे माउरिन्होको टोटेनह्यामलाई २–१ ले पराजित गरेको छ। यससँगै माउरिन्होको टोटेनह्याममा तीन खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ।
छैठौं मिनेटमा युनाईटेडले रासफोर्डको गोलबाट अग्रता लिएको थियो। रासफोर्डल पेनाल्टी क्षेत्रको दायाँ भागबाट हानेको प्रहार टोटेनह्यामका गोलकिपर पाउलो गाजानिगाले ठम्याउन सकेनन्।
३९औ मिनेटमा भ्रमण टोलीका डेली अलीले बराबरी फर्काए। त्यसअघि रासफोर्डको हानेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो। रासफोर्डले ४९औं मिनेटमा पेनाल्टीमा अर्को गोल थपे। उनको त्यो गोल युनाइटेडको जितमा निर्णायक बन्यो।
युनाईटेडले त्यसपछि पनि गोलका अवसर सिर्जना गरेको थियो। तर सफल भएन। रासफोर्डले पाएका राम्रो मौकालाई सदुपयोग गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुके।
उनलाई २०१३ पछि युनाइटेडबाट ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्ने मौका थियो। तर त्यसमा असफल भए। २०१३ मा रोबिन भान पर्सीले एस्टन भिल्लाविरुद्ध ह्याट्रिक गरेका थिए। तर रासफोर्डले क्लब र देशका लागि पछिल्ला १३ खेलमा १२ गोल गरेका छन्। प्रिमियर लिगमा मात्र उनले ९ गोल गरिसकेका छन्।
जितसँगै युनाईटेड १५ खेलबाट २१ अंक सहित छैठौं स्थानमा उक्लिएको छ। टोटेनह्याम २० अंकसहित आठौं स्थानमा छ।