काठमाडौं। साविक विजेता रियाल मड्रिड गएराति स्पेनिस ला लिगामा इल्चेसँग १-१ को बराबरीमा रोकिएको छ।
पाहुना टोली रियालले २०औं मिनेटमा लुका मोड्रिचको गोलबाट अग्रता लिएको थियो। तर ५२औं मिनेटमा फिडेल चाभेसले पेनाल्टीमार्फत बराबरी गोल फर्र्काए। चाभेसको त्यही गोल इल्चेलाई एक अंक लिन पर्याप्त भयो।
बराबरीसँगै रियाल मड्रिडले दोस्रो स्थानमा चित्त बुझाएको छ। रियालले १६ खेलबाट ३३ अंक जोडेको छ। जुन शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले कम हो भने तेस्रो स्थानको रियाल सोसिसाडभन्दा सात अंकले अगाडि हो। तर रियालले एट्लेटिको भन्दा दुई खेल बढी खेलेको छ।
गएराति नै घरेलु मैदानमा गेटाफेलाई १-० ले पराजित गरेको एट्लेटिकोले शीर्ष स्थानमा रहेर २०२० को अन्त्य गरेको छ। गएराति सम्पन्न अर्को खेलमा सेल्टा भिगोले एसडी हुएस्कालाई २-१ ले पराजित गर्यो।
" /> काठमाडौं। साविक विजेता रियाल मड्रिड गएराति स्पेनिस ला लिगामा इल्चेसँग १-१ को बराबरीमा रोकिएको छ।पाहुना टोली रियालले २०औं मिनेटमा लुका मोड्रिचको गोलबाट अग्रता लिएको थियो। तर ५२औं मिनेटमा फिडेल चाभेसले पेनाल्टीमार्फत बराबरी गोल फर्र्काए। चाभेसको त्यही गोल इल्चेलाई एक अंक लिन पर्याप्त भयो।

">