काठमाडौं। सुमन खतिवडाको अलराउन्डप्रेरित बागमती प्रदेशले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६५ रनले पराजित गरेको छ।
लगातार हारसँगै गण्डकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। समूह बीमा गण्डकीले मंगलबार सुदूरपश्चिम प्रदेशसँग ५९ रनको पराजय ब्यहोरेको थियो।
दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५३ रन बनाएको थियो। १५४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशले पाँच विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो।
बागमतीका ओपनरद्धय कञ्चन श्रेष्ठ र विन्दा कटवालले पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए। कञ्चनले २७ रन बनाइन् भने विन्दाले ३८ रन जोडिन्। विन्दाले दोस्रो विकेटका लागि सुमन खतिवडासँग ५३ रनको साझेदारी गरेकी थिइन्।
सुमनले ३१ रन बनाइन्। बागमतीकी आरती विडारी १० रनमा अविजित रहिन्। बागमतीले ३९ अतिरिक्त रन पाएको थियो। गण्डकीकी एलिसा लामिछानेले दुई विकेट लिइन्।
१५४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेशका लागि सृष्टी पौडेलले सबभन्दा धेरै ३० रन बनाइन्। शीला क्षेत्रीले २६ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बागमती प्रदेश अस्मिना कर्माचार्य, सुमन खतिवडा, आरती विडारी र निशा तामाङले एक एक विकेट लिइन।
" /> काठमाडौं। सुमन खतिवडाको अलराउन्डप्रेरित बागमती प्रदेशले आज प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई ६५ रनले पराजित गरेको छ।लगातार हारसँगै गण्डकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ। समूह बीमा गण्डकीले मंगलबार सुदूरपश्चिम प्रदेशसँग ५९ रनको पराजय ब्यहोरेको थियो।

">