काठमाडौं। पाकिस्तानविरुद्धको पहिलो टेष्टमा घरेलु टीम न्युजिल्यान्डले १०१ रनको विजय हासिल गरेको छ। जितसँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।
पाकिस्तानले जितका लागि ३७३ रनको लक्ष्य पाएको थियो। न्युजिल्यान्डले पाँच विकेट गुमाएर १८० रन बनाउँदा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि पाकिस्तानले ३७३ रनको लक्ष्य पाएको हो।
चौथो दिन सकिँदा पाकिस्तान ७१/३ को स्थितिमा थियो। पाकिस्तानले पाँचौ दिनको सुरुआत गर्दा अजहर अली ३४ र फवाद आलम २१ रनको स्थितिमा थिए। अलीले थप चार रन जोडेर पवेलियन फर्किए।
अलामले भने १०२ रन बनाए। आलमले मोहम्मद रिजवानसँग पाँचौं विकेटका लागि १६५ रनको साझेदारी गरेपछि पाकिस्तान कम्तिमा बराबरी गर्ने आश गरिएको थियो। तर रिजवान ६० रन बनाएर पवेलियन फर्किए भने आलम १०२ न बनाएर पवेलियन फर्किएपछि खेल न्युजिल्यान्डको पक्षमा गएको हो।
फहीम अश्रफले १९ रन बनाउनुबाहेक पाकिस्तानको तल्लो क्रमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्युजिल्यान्डका टीम साउथी, ट्रेन्ट बोल्ट, काइल ज्यामिन्सन, नेल वाग्नर र मिचेल सेन्टनरले समान दुई विकेट लिए।
पहिलो इनिङमा ४३१ रन बनाएको न्युजिल्यान्डले पाँच विकेट गुमाएर १८० रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो। पाकिस्तानले पहिलो इनिङमा २३९ रन बनाएको थियो भने दोस्रो इनिङमा २७१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।
पहिलो इनिङमा १२९ रन बनाएका न्युजिल्यान्डका कप्तान केन विलियम्सन म्यान अफ दी म्याच घोषित भए।
" /> काठमाडौं। पाकिस्तानविरुद्धको पहिलो टेष्टमा घरेलु टीम न्युजिल्यान्डले १०१ रनको विजय हासिल गरेको छ। जितसँगै दुई खेलको टेष्ट शृंखलामा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ।पाकिस्तानले जितका लागि ३७३ रनको लक्ष्य पाएको थियो। न्युजिल्यान्डले पाँच विकेट गुमाएर १८० रन बनाउँदा दोस्रो इनिङ समाप्तिको घोषणा गरेपछि पाकिस्तानले ३७३ रनको लक्ष्य पाएको हो।

">