काठमाडौं। कप्तान लियोनल मेसी चोट कारण मैदान बाहिर बसेको खेलमा बार्सिलोनाले गएराति घरेलु मैदानमा इबरसँग १-१ को बराबरीमा चित्त बुझाएको छ।
मार्टिन ब्रेथवेटले सुरूमै पाएको पेनान्टी अवसर खेर फाले। घरेलु टोली बार्सिलोनाले आठौं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। तर ब्रेथवेटले दायाँ खुट्टाले हानेको हानेको प्रहारले पोस्टको दिशा लिन सकेन।
२५औं मिनेटमा ब्रेथवेटले गरेको गोललाई भिडिओ सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि बार्सिलोनाले अग्रता लिने अर्को मौका गुमायो। ५७औं मिनेटमा किके गार्सियाको गोलबाट पाहुना टोली इबरले अग्रता लियो।
६७औं मिनेटमा औसमाने डेम्बेलेको गोलबाट बार्सिलोनाले बराबरी गर्यो। दोस्रो हाफमा पनि ब्रेथवेटले गोलको अवसर पाएका थिए। तर उनको प्रहारले फेरि पनि पोस्टको दिशा लिन नसक्दा बार्सिलोना बराबरीमै रोकियो।
कप्तान मेसीको कुर्कुच्चामा चोट लागेको थियो। त्यस कारण उनी दर्शकदीर्घामा बसेर खेल हेरेका थिए। बिदामा घर गएका मेसी अर्जेन्टिनाबाट मंगलबारमात्र फर्किएका थिए।
बराबरीपछि बार्सिलोना छैटौं स्थानमा झरेको छ। बार्सिलोनाले १५ खेलबाट २५ अंक जोडेको छ। जुन चौथो स्थानको सेभियाभन्दा एक अंकले पछाडि हो भने शीर्ष स्थानको एट्लेटिको मड्रिडभन्दा सात अंकले पछाडि हो।
सेभियाले गएराति नै भिल्लारियाललाई २-० ले पराजित गरेको थियो। सेभिया र भिल्लारियालको समान २६ अंक छ।
ला लिगाको अन्य खेलमा लेभान्टेले रियाल बेटिसलाई ४-३ ले पराजित गर्यो। काडिज र रियाल भालाडोलिडले गोलरहित बराबरी खेले।
" /> काठमाडौं। कप्तान लियोनल मेसी चोट कारण मैदान बाहिर बसेको खेलमा बार्सिलोनाले गएराति घरेलु मैदानमा इबरसँग १-१ को बराबरीमा चित्त बुझाएको छ।मार्टिन ब्रेथवेटले सुरूमै पाएको पेनान्टी अवसर खेर फाले। घरेलु टोली बार्सिलोनाले आठौं मिनेटमा पेनाल्टी अवसर पाएको थियो। तर ब्रेथवेटले दायाँ खुट्टाले हानेको हानेको प्रहारले पोस्टको दिशा लिन सकेन।

">