काठमाडौं। मार्कुश राशफोर्डले इन्जुरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले गएराति उल्भरह्याम्पनलाई १–० ले पराजित गरेको छ। जितसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ।
दोस्रो स्थानमा रहे पनि राशफोर्डले अहिले नै उपाधि होडको बारेमा कुरा गर्नु हतार हुने बताएका छन्। युनाइटेड घरेलु मैदानमा बराबरीमा रोकिने संकेत गरेको थियो। तर पाँच मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा राशफोर्डले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो।
ब्रुनो फर्नान्डेजको लामो पासलाई नियन्त्रणमा लिएर पेनाल्टी क्षेत्रको दायाँ भागबाट राशफोर्डले हानेको प्रहारले रोमेन साइसलाई लागेर पोस्टको दिशा लिएको थियो। त्यही युनाइटेडको जितमा निर्णायक बन्यो।
जितपछि १५ खेलबाट ३० अंक जोडेको युनाइटेड दोस्रो स्थानमा छ। जुन शीर्ष स्थानको लिभरपुलभन्दा दुई अंकले पछाडि र तेस्रो स्थानको लेस्टर सिटीभन्दा एक अंकले माथि हो। तर लेस्टरले एक खेल बढी खेलेको छ। एलेक्स फर्गुसनले प्रशिक्षकबाट सन्यास लिएपछि युनाइटेड यो सयमा अंक तालिकाको दोस्रो स्थानमा पुग्न सफल भएको पहिलोपटक हो।
‘‘अहिले नै धेरै अगाडिको कुरा गनु उचित हुँदैन,’’ राशफोर्डले भने, ‘‘हामी यस्तो टिम हौं जसले आफूमा अझ धेरै सुधार गर्न बाँकी छ। त्यसैले अहिले नै अंक तालिकाको स्थान हेर्नु मुर्खता हुनेछ। हामी प्रत्येक पटक एउटा खेल जित्नका लागि प्रयास गर्ने छौं। प्रत्येक खेल जित्दै गयौं भने हामी सिजनको अन्त्यसम्म कहाँ हुन्छौं त्यतिबेला नै थाहा हुनेछ।’’