काठमाडौं। घरेलु बलरसामु श्रीलंकाका ब्याट्स्म्यान निरीह बनेपछि पहिलो टेष्टमा दक्षिण अफ्रिकाले एक इनिङ र ४५ रनको बिजय हासिल गरेको छ।
फफ डु प्लेसिसले १९९ रन बनाएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २२५ रनको अग्रता लिएको छ। त्यसपछि दोस्रो इनिङ थालेको पाहुना टोली श्रीलंकाले १८० रन जोड्दा सबै विकेट गुमायो। जितसँगै दुई खेलको टेष्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ।
दक्षिण अफ्रिकाको लुंगी एनगिडी, एनरिच नोट्जे, विआन मुल्डर र लिथो सिपामलाले समान दुई विकेट लिए। श्रीलंकाका कुशल परेराले ६४, वानिन्दु हसरंगाले ५९ र दिनेश चण्डीमलले २५ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
दक्षिण अफ्रिकाले ३१७-४ को स्थितिबाट तेस्रो दिनको सुरुआत गरेको थियो। तेस्रो दिन थाल्दा डु प्लेसिस ५५ तथा टेम्बा बभुमा ४१ रन बनाएर क्रिजमा थिए। डु प्लेसिसले १९९ रन बनाएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६२१ रन बनाएको छ। श्रीलंकाले पहिलो इनिङमा ३९६ रन बनाएको थियो।
डु प्लेसिस र बभुमाले तेस्रो पाँचौ विकेटका लागि १७९ रनको साझेदारी गरे। बभुमा ७१ रन बनाएर आउट भए। त्यसपछि डु प्लेसिसले मुल्डरसँग छैटौ विकेटका लागि ७७ रनको साझेदारी गरे। विआन मुल्डर ३६ रन बनाएर आउट भए। दोहोरो शतक बनाउनबाट एक रनले चुकेका डुप्लेसिसले त्यसपछि केशब महाराजसँग सातौं विकेटका लागि १३३ रनको साझेदारी गरे।
डुप्लेसिस १९९ रन बनाउँदा वानिन्दु हसरंगाको बलमा दिमुथ करुणारत्नेमार्फत क्याच भए। डु प्लेसिसले टेष्ट क्रिकेटमा चार हजार रन पनि पुरा गरेका छन्। उनले ६६ खेलमा ११३ इनिङमा चार हजार पुरा गरेका हुन्। महाराजले ७३ रन बनाए।
हसरंगाले चार विकेट लिए भने विश्व फर्नान्डोले तीन, दासुन शनकाले दुई तथा लहिरु कुमाराले एक विकेट लिए।
तेस्रो दिन सकिँदा श्रीलंका ६५-२ को स्थितिमा छ। कुशल परेरा ३३ तथा दिनेश चण्डीमल २१ रन बनाएर क्रिजमा छन्। कुशल मेन्डिस शुन्य तथा करुणारत्ने ६ रन बनाएर पवेलियन फर्किए।
" /> काठमाडौं। घरेलु बलरसामु श्रीलंकाका ब्याट्स्म्यान निरीह बनेपछि पहिलो टेष्टमा दक्षिण अफ्रिकाले एक इनिङ र ४५ रनको बिजय हासिल गरेको छ।फफ डु प्लेसिसले १९९ रन बनाएपछि दक्षिण अफ्रिकाले पहिलो इनिङमा २२५ रनको अग्रता लिएको छ। त्यसपछि दोस्रो इनिङ थालेको पाहुना टोली श्रीलंकाले १८० रन जोड्दा सबै विकेट गुमायो। जितसँगै दुई खेलको टेष्ट शृङ्खलामा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ।

">