काठमाडौं। एस्टन भिल्लाविरुद्धको खेलमा चेल्सीले देखाएको प्रतिक्रियामा सन्तुष्टी जनाउँदै प्रशिक्षक फ्रयांक लाम्पार्डले जित हासिल गर्न नसक्नु दूर्भाग्यजनक रहेको बताए।
इङलिस प्रिमियर लिगअन्तर्गत सोमबार राति १-१ को बराबरीमा टुंगिएको खेलमा ओलिभर जिरौडले गोल गर्दै दिलाएको चेल्सीको अग्रता दोस्रो हाफको सुरुआतमै अनवर अल घाजीले बराबरीमा ल्याएका थिए।
खेल जित्न नसके पनि चेल्सीले बलमाथि ६४ प्रतिसत नियन्त्रण राखेको थियो। विपक्षीको पोष्टमा चेल्सीले १६ पटक आक्रमण गरेको थियो भने भिल्लाले १० पटक चेल्सीको पोष्टमा प्रहार गरेको थियो।
शनिबार आर्सनलसँग ३-१ को पराजय भोग्दा आफ्ना खेलाडीहरुलाई अल्छी भएको भन्दै आलोचना गरेका लाम्पार्ड भिल्लाविरुद्धको प्रदर्शनमा भने निक्कै खुसी थिए।
“यो एउटा राम्रो टिमविरुद्ध बराबरी नतिजा थियो। हाम्रो प्रदर्शन निक्कै राम्रो थियो। हामी जितको हकदार थियौं,” लाम्पार्डले भने, “पछिल्लो समयका खराब नतिजाबाट सिर्जित कठिन बाटोबाट आउँदा हामीले भिल्लाविरुद्ध निक्कै सुधार गरेको प्रमाणित भयो। खेलाडीहरुको मेहनतबाट म प्रभावित छु।”