पिएसजीका मुख्य प्रशिक्षक टचेल बर्खास्त

काठमाडौं। फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले मुख्य प्रशिक्षक थोमस टचेललाई बर्खास्त गरेको छ।

टचेलले क्रिस्मसको अघिल्लो दिन नै टिम छोडिसकेको बताइएको छ। तर पिएसजीले मंगलबार बिहानमात्र मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको समाचार पुष्टी गरेको थियो।

पिएसजीले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै टचेलसँगको सहकार्य अन्त्य भएको घोषणा गरेको थियो। टोलीले खेकलुदीय अवस्थाको बारेमा गम्भीर विश्लेषण पश्चात टचेललाई बर्खास्त गरेको जनाएको छ।

बोरुसिया डर्टमण्डका पूर्व प्रशिक्षक टचेलले पिएसजीमा तेस्रो सिजन बिताइरहेका थिए। उनको नेतृत्वमा टोलीले लगातार दुई पटक फ्रान्सेली लिग वानको उपाधि जित्नुका साथै गत सिजन च्याम्पियन्स लिगको फाइनल यात्रा गरेको थियो।

अघिल्ला दुई सिजन सफल रहे पनि जारी सिजनमा सोचेजस्तो सुरुआत गर्न नसकेपछि उनलाई बर्खास्त गरिएको हो। माउरिसियो पोचेटिन्होले टचेललाई स्थानान्तरण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्