राष्ट्रिय खेलकुद परिषदका सदस्य केसीले दिए राजीनामा <p>काठमाडौं। राष्ट्रिय खेलकुद परिषदका सदस्य अर्जुन बहादुर केसीले राजिनामा दिएका छन्। सरकारको निरंकुश कदम चालेका कारण आफूले राजिनामा दिएको उनले युवा तथा खेलकुद मन्त्रालयलाई बुझाएको राजिनमापत्रमा उल्लेख गरेका छन्।</p> <p>&ldquo;प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमका विरुद्ध सिङ्गो देश आन्दोलित भइरहेका बेला अबैधानिक सत्ताको पक्षमा रहेर उसका हतकण्डाको रमिते बन्नु उचित रहेन,&rdquo; उनले राजिनामापत्रमा लेखेका छन्।</p> <p>उनले वर्तमान सरकारले नेपाली जनताको दशकौं लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानलाई समेत असफल पार्ने काम गरेको आरोप लगाएका छन्।&nbsp;</p> <p>&ldquo;अतः राष्ट्रिय खेलकुद परिषदमा सदसयका रुपमा मेरो दोस्रो कार्यकाल यहीं पूर्णविराम लगाई आपूलाई देश र जनताको आन्दोलनमा समर्पण गर्दै आजैका मितिदेखि लागू हुने गरी पदबाट राजिनामा दिएको व्यहोरा अनुरोध गर्दछु,&rdquo; उनले हिजो बुझाएको राजिनामा पत्रमा लेखेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्