काठमाडौं। न्युजिल्यान्डविरुद्धको पहिलो टेष्टमा पाकिस्तानले जितका लागि ३७३ रनको लक्ष्य पाएको छ। न्युजिल्यान्डले पाँच विकेट गुमाएर १८० रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेपछि पाकिस्तानले ३७३ रनको लक्ष्य पाएको हो।
तेस्रो दिन सकिँदा पाकिस्तानले २३९ रन बनाउँदा सबै विकेट गुमाएको थियो। चौथो दिनमा न्युजिल्यान्डका लागि ओपनर टम लाथम र टम ब्लनडेलले पहिलो विकेटका लागि १११ रनको साझेदारी गरे।
लाथमले ५३ रन बनाए भने ब्लनडेलले ६४ रन जोडे। पहिलो इनिङमा १२९ रन बनाएका कप्तान केन विलियम्सनले २१ रन बनाए। हेनरी निकोलसले ११ र विजे वाटलिङले पाँच रन बनाए। रोस टेलर १२ तथा मिचेल सन्टनर ६ रनमा अविजित हुँदा न्युजिल्यान्डले इनिङ समाप्तीको घोषणा गर्यो।
पाकिस्तानका नसीम शाहले तीन विकेट लिँदा मोहम्मद अब्बासले एक विकेट लिए।