काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटी गएराती बराबरीमा रोकिए पनि अंकतालिकामा स्थान सुधार गरेका छन्।
क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै समान १–१ कै बराबरी खेलेको एस्टन भिल्ला र चेल्सी पनि क्रमश: पाँचौं र छैटौं स्थानमा उक्लिएका छन्।
लेस्टर सिटीले एक शुन्यले पछि परेको स्थितिमा बराबरी खेलेको हो। विलफ्रिड जाहाले ५८औं मिनेटमा गरेको गोलबाट क्रिष्टल प्यालेसले अग्रता लिएको थियो। खेल सकिन सात मिनेट बाँकी हुँदा हार्भे बर्नस्ले बराबरी गोल फर्र्काएपछि लेस्टर एक अंक लिन सफल भयो।
बराबरीपछि लेस्टर एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा पुगेको छ। तथापी लेस्टरले शीर्ष स्थानको लिभरपुलसँग दुरी घटाउने मौका भने गुमायो। लेस्टरको २९ अंक छ। जुन लिभरपुलको भन्दा तीन अंकले पछाडी हो भने तेस्रो स्थानको एभर्टनसँग बराबरी हो। तथापी लेस्टरले एक खेल बढी खेलेको छ। क्रिष्टल प्यालेस भने १९ अंकका साथ १३औं स्थानमा छ।

एस्टन भिल्ला र चेल्सीले बराबरी खेलेपछि शीर्ष चारभित्र उक्लने मौका गुमाए। घरेलु टीम चेल्सीले ओलिभर जिरौडको गोलबाट ३४औं मिनेटमा अग्रता लिएको थियो। एस्टन भिल्लाका अनवार इल घाजीले ५०औं मिनेटमा बराबरी गोल फर्काए।
बराबरीसँगै एस्टन भिल्ला पाँचौं स्थानमा छ भने चेल्सी छैटौं स्थानमा छ। दुबै टीमको समान २६ अंक छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा एक अंकले कम हो।
" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटी गएराती बराबरीमा रोकिए पनि अंकतालिकामा स्थान सुधार गरेका छन्।क्रिष्टल प्यालेससँग १–१ को बराबरी खेलेको लेस्टर दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै समान १–१ कै बराबरी खेलेको एस्टन भिल्ला र चेल्सी पनि क्रमश: पाँचौं र छैटौं स्थानमा उक्लिएका छन्।

">