काठमाडौैं। अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ दशककै उत्कृष्ट आईसीसीको पुरुष टेष्ट क्रिकेटर घोषित भएका छन्। यससँगै स्मिथले आफुलाई डन ब्रैडम्यानपछिको उत्कृष्ट टेष्ट खेलाडीको रूपमा स्थापित गरेका छन्।
आईसीसीले सोमबार घोषणा गरेको अवार्डमा स्मिथलाई दशककै उत्कृष्ट आईसीसीको पुरुष टेष्ट क्रिकेटर घोषित गरेको हो।
स्मिथले पछिल्लो दशकमा ६९ टेष्टमा सात हजार ४० रन बनाएका छन्। २६ शतक बनाएका स्मिथले ६५.७९ को औसतमा रन बनाएका छन्। स्मिथले २८ अर्धशतक बनाएका छन्।
आईसीसी यस अवार्डका लागि १ जनवरी २०११ देखी ७ अक्टोबर २०२० सम्मको खेलको नतिजालाई आधर बनाएको थियो।
स्मिथले जुलाई २०१० मा २१ वर्षको उमेरमा अस्ट्रेलियाबाट टेष्टमा डेब्यू गरेका थिए। पहिलो इनिङमा स्मिथ आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए। दोस्रो इनिङमा त उनी झन नवौं नम्बरमा झरेका थिए। त्यतिबेला अस्ट्रेलियामा स्मिथलाई भविष्यको राम्रो लेग स्पिनरका रुपमा लिइएको थियो।
तर योजनाअनुरूप स्मिथको करियर अघि बढेन। तर त्यसमा अस्ट्रेलिया क्रिकेटलाई गुनासो पनि रहेन। स्मिथलाई केही समय ११ जनाभित्र पनि गाह्रो भयो। तर २०१३ को भारत भ्रमणले उनको करियरमा नयाँ मोड लियो। पाँचौंै नम्बरमा ब्याटिङ गरेका स्मिथले ९२ रन बनाए। त्यसको पाँच महिनापछि उनले टेष्टमा पहिलो शतक बनाए।
त्यसपछि स्मिथले पछाडि फर्केर हेर्नु परेन। २०१४ मा अस्ट्रेलियामै सम्पन्न टेष्ट शृंखलमा स्मिथले लगातार शतक बनाए। स्मिथले अविजित १६२, १३३, १९२ र ११७ रन बनाए।
माइकल क्लार्कले छाडेपछि २०१५ मा स्मिथले अस्ट्रेलियाको कप्तानी गर्ने जिम्मेवारी पाए। त्यसपछि उनी आईसीसी टेष्ट वरियाताको नम्बर एक ब्याट्सम्यान बनेका थिए।
" />काठमाडौैं। अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ दशककै उत्कृष्ट आईसीसीको पुरुष टेष्ट क्रिकेटर घोषित भएका छन्। यससँगै स्मिथले आफुलाई डन ब्रैडम्यानपछिको उत्कृष्ट टेष्ट खेलाडीको रूपमा स्थापित गरेका छन्।

">